आइपिएलमा सन्दीपको छलाङ

ENGLISH

आइपिएलमा सन्दीपको छलाङ

सन्दीप भट्टराई

1 February, 2018 | Sandeep Bhattarai | 2280 Views | comments

sandeep bhattaraiइन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करणका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेपछि नेपाली क्रिकेटमा आइतबारको दिन ऐतिहासिक बन्यो । छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दीपले आफ्नो प्रदर्शन र बलिंगको मद्दतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।

आइपिएलको अक्सनमा परेका सन्दीपलाई बेस प्राइस (आधारभूत मूल्य) २० लाख भारतीय रुपैयाँमा खरिद गरेका हुन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । पाँच सय ७८ जना सम्मिलित सूचीमा सन्दीप २७८औँ स्थानमा थिए ।

सन्दीपको जन्म स्याङजाको आरुचौर तालपोखरीमा सन् २००० अगष्ट २ मा भएको थियो । सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसंग सन्दीप पढाईको लागि भारत पुगेका थिए। भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दीपको क्रिकेट खेलसंग परिचय भएको थियो। तर उनको क्रिकेटको यात्रा भने औपचारिक रुपमा चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा (क्यापाचौर) रहेको चितवन क्रिकेट एकेडेमीबाट सुरु भयो ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्काले क्रिकेट खेल्न उनलाई सिकाएका थिए । त्यसक्रममा नेपालका पूर्व पुबुद दासानायके चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले प्रशिक्षण गरिरहेका केही खेलाडीको बलिङ र व्याटिङ अवलोकन गरे । पुबुदु सुरुमै सन्दीपको बलिङ एक्सनबाट प्रभावित भए । जसपछि आईसीसी विश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि राष्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिइएको थियो।

सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए। सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु १९ विश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भएका थिए। यु १९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए । आईसीसीले सन्दीपलाई उक्त यु १९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सुचीमा समेत परेका थिए। सन्दीपले उक्त विश्वकपको आयरल्याण्डसंगको खेलमा ह्याटट्रिक सहित ५ विकेट लिएका थिए। उक्त विश्वकपमा पाकिस्तानको विरुद्धको खेलमा सन्दीपको बल टर्निंग देखेपछि शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।

सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिबियाविरुद्ध थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यु गरेका थिए ।

त्यसयता उनी राष्ट्रिय टिममा निरन्तर छन् । विश्व क्रिकेट लिगका नौ खेलमा उनले १२ विकेट लिएका छन् । राष्ट्रिय टोलीमा डेब्यु गरेपछि उनलाई हङकङको क्लब टी–२० ब्लिट्जले अवसर दिएको थियो, जहाँ उनले टोलीको कप्तानको रूपमा माइकल क्लार्कलाई भेट्टाए । कोलुन कोन्टेजविरुद्ध सानदार प्रदर्शन गरेपछि क्लार्क सन्दीपसँग आकर्षित भएका थिए ।

क्लार्कले सिड्नीको स्थानीय क्लब वेस्टर्न सुर्बब डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्न लामिछानेलाई सिड्नी बोलाएका थिए । यो प्रतियोगिताले सन्दीप क्लार्कसँगको सम्बन्ध थप आत्मीय बन्यो भने उनले क्लार्कको एकेडेमीमा एक साता अभ्यासको मौकासमेत पाए । क्लार्कले सन्दीप विश्वको उत्कृष्ट बलर भएको ट्विट गर्दै उनी सिड्नीमा रहँदा आफू निकै उत्साहित भएको बताएपछि सन्दीपको चर्चा चुलिएको थियो ।

माइकल क्लार्कको निम्तोमा सन्दीप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दीपलाई स्वागत गर्न क्लार्क स्वयम् एयरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

आइपिएलमा छनोट भएसंगै सन्दीपले विश्वका चर्चित खेलाडीसँग अभ्यास गर्ने मौका पाउँदैछन् । दिल्लीको प्रशिक्षक रहेका अस्ट्रेलियालाई दुईपटक विश्वकप दिलाएका पूर्व कप्तान रिकी पोन्टिङको प्रशिक्षण पाउँदा लामिछानेले अब समकक्षीका रूपमा ट्रेन्ट बोल्ट, गौतम गम्भीर, अमित मिश्रा, ग्लेन म्याक्सवेल, कोलिन मुन्द्रो, कागिसो राबाडा, क्रिस मोरिसजस्ता चर्चित स्टारसँग अभ्यासको मौका पाउनेछन् ।

 

चर्चित खेलाडी अन्सोल्ड भएको ११ औं संस्करणको आइपिएलमा सन्दीप छनोट हुनुले नेपाली क्रिकेटमा नयाँ आयम थपेको छ ।

आइपिएलमा छनोट भएपछि सन्दीपले अनुबन्धित भएकामा एकदमै खुसी छु र यो क्षण स्वयं म आफैँलाई अचम्म लागिरहेको भन्दै ट्विट गरे । उनले आफू आइपिएलमा अनुबन्धित भएको टिम दिल्लीलाई पनि धन्यवाद दिए । त्यहाँको अनुभव मेरो लागि निकै फलदायी र राम्रो हुनेछ । मलाई यहाँसम्म पुर्याउने सबै समर्थकलाई धन्यवाद दिंदै यात्रा सुरु भएको भन्दै ।

सन्दीपको यो यात्रा नेपाली क्रिकेटका लागि सुखद अवसर हो । यसअघि शक्ति गौचन ट्रायलका लागि पुगेका थिए । नेपाली क्रिकेटको आधिकारिक निकाय विवादका कारण निलम्बनमा परेका बेला क्रिकेटको स्तर खस्कदे गएको प्रत्यक्ष अनुभूतकाबीच सन्दीपको यो यात्राले अन्य खेलाडीका लागि पनि ढोका खुलेको छ ।

नेपालमा प्रतिभाको कमी छैन, कमी छ त मात्र त्यो प्रतिभालाई निखार्ने । विडम्बना नै भन्नुपर्छ, एकसे एक खेलाडी हुँदा पनि छिमेकी देशमा विश्वकै सबभन्दा ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता भैरहेको छ तर, नेपाली खेलाडीकाा लागि प्रबद्र्धन गर्ने कोही छैनन् । नेपालभन्दा पछि क्रिकेट खेलेको अफगानिस्तानका खेलाडीहरुको भाउ ७ करोड, ८ करोड लागिरहँदा नेपालीको भने बल्ल प्रवेश भएको छ । अहिलेलाई यो नै सुखद सन्दर्भ हो ।

दिल्लीले २० लाखमा किन्यो सन्दीपलाई(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK