आइपिएलमा बैंगलोरद्वारा पञ्जाब १० विकेटले पराजित

ENGLISH

SPORTS

आइपिएलमा बैंगलोरद्वारा पञ्जाब १० विकेटले पराजित

बैंगलोरको प्ले अफमा पुग्ने सम्भावना जिवितै

15 May, 2018 | Sandeep Bhattarai | 2365 Views | comments

बैंगलोर

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।

गएराति भएको खेलमा किङ्स इलाभेन पञ्जाब बैंगलोरसंग १० विकेटको भारी अन्तरले पराजित भयो । जितसंगै बैंगलोरले प्ले अफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

पञ्जाबको घरेलु मैदान इन्डोरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन मात्र बनायो । उसका लागि एरोन फिन्चले २६, केएल राहुलले २१ र क्रिश गेलले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक नजोडी आउट भए । पञ्जाबलाई सस्तैमा समेट्न बैंगलोरका उमेश यादवले ३ विकेट लिए भने मोहम्मद सिराज, युजभेन्द्र चाहाल, कोलिन डी ग्रान्डहोम र मोइन अलीको भागमा समान १-१ विकेट रह्यो ।

८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो । उसका लागि ओपनर पार्थिव पटेल र कप्तान विराट कोहलीले अविजित रहदै क्रमश ४० र ४८ रन बनाए । २८ बल खेलेका कोहलीले ६ चोका र २ छक्का प्रहार गरे भने २२ बल सामना गरेका पार्थिवले ७ चौका प्रहार गरे । खेलको म्यान अफ दी म्याच उमेश यादव भए ।

जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ भने मुम्बई इन्डियन्सको पनि १० अंक रहे पनि रन रेटको आधारमा छैठौं स्थानमा रहेको छ । हारपछि १२ अंक रहेको पञ्जाब पाँचौं स्थानमा झर्दा राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । त्यस्तै कोलकाता नाइट राइडर्सको पनि १२ अंक रहे पनि रन रेट राम्रो भएकोले तेस्रो स्थानमा उक्लेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै छन् । शीर्षस्थानको सनराइजर्स हैदराबाद ) र दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स क्रमश १८ र १६ अंक सहित प्ले अफका लागि छनोट भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK