आइपिएलमा कोलकाता विजयी : प्ले अफमा पुग्ने सम्भावना बलियो

ENGLISH

SPORTS

कोलकाता

आइपिएलमा कोलकाता विजयी : प्ले अफमा पुग्ने सम्भावना बलियो

राजस्थान ६ विकेटले पराजित

16 May, 2018 | Sandeep Bhattarai | 2400 Views | comments

कोलकाता

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्स कोलकातासंग ६ विकेटले स्तब्ध भयो । यो जितसंगै कोलकाताको प्ले अफमा पुग्ने सम्भावना बलियो भएको छ भने राजस्थानको यात्रा भने कठिन देखिएको छ ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । उसका लागि जस बट्लरले ३९ रन बनाए भने राहुल त्रिपाठीले २७ रन जोडे । बट्लरले २२ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने त्रिपाठीले १५ बलमा ४ चौका र १ छक्का हाने । त्यस्तै जयदेव उनड कटले २६ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

कोलकाताको लागि कुलदीप यादवले ४ विकेट लिए भने आन्द्रले रसेल र प्रसिद्ध कृष्णको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै शिवम माभी र सुनिल नारिनले पनि १-१ विकेट हात पारे ।

१४३ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि क्रिस लेनले ४५ रन बनाए भने कप्तान दिनेश कार्तिक ४१ रनमा अविजित रहे । लेनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे भने कार्तिकले ३१ बल खेल्दै ५ चौका र १ छक्का नै हाने । त्यस्तै सुनिल नारिन र नितेश रानाले समान २१-२१ रन जोडे भने आन्द्रे रसेल ११ रनमा अविजित रहे ।

राजस्थानको लागि क्रिस स्टोक्सले ३ विकेट लिए भने इश सोदीको भागमा १ विकेट रह्यो । खेलको म्यान अफ दी म्याच कुलदीप यादव भए । प्रतियोगिता अन्तर्गत बुधबार मुम्बई इन्डियन्स र किङ्स इलाभें पञ्जाब भिड्दै छन् ।

आइपिएलमा बैंगलोरद्वारा पञ्जाब १० विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK