आइतबारदेखि देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु

ENGLISH

आइतबारदेखि देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु

27 September, 2015 | Sandeep Bhattarai | 405 Views | comments

jorसरकारले आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो । अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने उहाँले जानकारी दिनुभयो ।

यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरुपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको प्रवक्ता ढकालको भनाइ थियो ।

सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको कालोबजार र कृतिम अभाव नगर्न आग्रह गर्दै सो गरेको पाइए कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK