“आइडिया अस्त्र” शनिबारदेखि प्रसारण हुँदै

ENGLISH

ENTERTAINMENT

“आइडिया अस्त्र” शनिबारदेखि प्रसारण हुँदै

20 March, 2018 | Kabiraj Adhikari | 1455 Views | comments

आइडिया हव प्रालिद्वारा यही चैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पर्दामा बिज्ञान र प्रविधिसम्वन्धि टेलिभिजन कार्यक्रम “आइडिया अस्त्र” प्रसारण गर्ने भएको छ ।

idea-astthra

आइडिया हब प्रालिद्वारा यही चैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पर्दामा विज्ञान र प्रविधिसम्बन्धी टेलिभिजन कार्यक्रम आइडिया अस्त्र’ प्रसारण गर्ने भएको छ। विद्यार्थी, युवा तथा समस्त शिक्षाप्रेमीलाई लक्षित गरी बनाइएको कार्यक्रम शनिबार साँझ साढे ५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका निर्माता तथा निर्देशक सागर लामिछानेले बताएका छन्।

बाँकेको कोहलपुर निवासी सागरले यसअघि रोबोट, होममेड प्लेनको परीक्षणमा सफलता प्राप्त गरेका थिए। इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा इन्जिनियर पनि सकेका छन्। दक्ष युवाहरु विदेश पलायन हुने क्रम बढिरहेको बेला सागरले नेपालमै केही गर्न सकिने भन्दै आइडिया एकाडेमी, आइडिया अस्त्र सामग्रीको स्टोर तत्कालै सञ्चालन गर्ने लक्ष्य लिएका छन्।

नेपाली टेलिभिजनमा बालशिक्षा केन्द्रित कार्यक्रम नभएको अवस्थामा आइडिया अस्त्र प्रभावकारी हुने र बालबालिकाले घरेलु सामानबाट विज्ञानप्रविधिबारे जानकारी ग्रहण गर्न सक्ने सागरको विश्वास छ। आधा घण्टा समयावधि रहेको कार्यक्रममा तीनवटा सेग्मेन्ट रहेको छ। पहिलो सेगमेन्टमा आर्ट तथा क्राफ्ट, दोस्रोमा प्रतिभावान् व्यक्तिसँग अन्तरवार्ता र तेस्रोमा गेम तथा विज्ञानसम्बन्धी प्रश्न समावेश गरिएको छ।

की एड्भरटाइज प्रालिबाट प्रायोजित उक्त कार्यक्रमको पुनः प्रसारण भोलिपल्ट नेपाल टेलिभिजनमा प्रसारण हुनुको साथै युट्यूब तथा फेसबुक पेजमा हेर्न सकिने बताइएको छ। इन्जिनियर कृपेन्द्र हुमागाईँ, सौरभ लामिछानेसमेतको सक्रिय भूमिका रहेको छ।

डिजिटल ‘उडान’ भर्दै कला सुब्बा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK