आइएसद्वारा मेसी र नेयमारलाई ज्यान मार्ने धम्की

ENGLISH

SPORTS

आइएसद्वारा मेसी र नेयमारलाई ज्यान मार्ने धम्की

30 October, 2017 | Sandeep Bhattarai | 2405 Views | comments

फिफा

लियोनल मेसी नेयमारमाथि आइएसले पटक पटक धम्कीयुक्त तस्वीरहरु सार्वजनिक गर्ने क्रम बढेपछि संसारभर रहेको उनका समर्थकहरु चिन्तित बनेका छन् ।

उनीहरुको सुरक्षालाई लिएर फिफा देखि सम्बन्धित देशका उच्च तहका नेताहरुलले समेत चासो दिन थालेका छन् । केहि दिन अघि मात्र मेसीलाई जेल भित्र आँखाबाट रगत चुँइदै गरेको तस्वीर पोष्ट गरेको आइएसले भर्खर मात्र मेसीको हत्या र नेयमारलाई हत्या गर्न लागेको अवस्थाको तस्वीर सार्वजानिक गरेपछि संसार भर उक्त तस्वीरको आलोचना भइरहेको छ।

आइएसले ट्वीटर मार्फत एक तस्बिर सार्वजनिक गर्दै अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी र ब्राजिल तथा पेरिस सेन्ट जर्मनका स्ट्राइकर नेयमारलाई ज्यान मार्ने धम्की दिएको हो ।

फोटोसपको प्रयोग गरि बनाइएको उक्त तस्बिरमा एक आतंकवादीले नेयमारको घाँटीमा समातेका छन् भने घुडा टेकेका नेयमार रोइरहेको अवस्थामा देखिन्छन्। भुईमा लियोनल मेसी लडिरहेको अवस्थामा छन्। जसमा उनलाई मारिएको अवस्थामा देखाइएको छ। उनको छेउमै इस्लामिक स्टेटको झण्डा देखिन्छ।

उक्त तस्बिर प्रो-आइएसआइएस ट्वीटर ग्रुपबाट सार्वजनिक भएको हो। उक्त तस्बिरलाई इरानी समाचार संस्था वाइजीसीले ‘आइएसले विश्वकप २०१८ लक्षित गर्दै मेसी र नेयमारलाई दिएको धम्किसहितको तस्बिर’ भनि सेयर गरेको छ।

आइएसको मुखपत्र वाफा मिडिया फाउण्डेसनले केहीदिन अगाडी पनि यस्तै एउटा तस्बिर सार्वजनिक गरेको थियो। जसमा रगताम्मे मेसी जेलको भित्रबाट रोइरहेको अवस्थामा देखिन्थे। आइएसले यस्तो तस्बिर सार्वजनिक गरेपछि अर्जेन्टिना फुटबल संघका प्रमुख क्लाउडियाले रसियाका राजदुत भिक्टोर कोरोनिलीलाई भेटी मेस्सी लगायत फुटबल खेलाडीहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए।

आतंकवादी समूहबाट आउने यस्ता खालका धम्कीले फुटबलका समर्थकहरुलाई अर्को वर्ष रुसमा हुने विश्वकपमा जाने कि नजाने भन्ने डर श्रृजना गरेको छ।

मेसीको आँखामा रगतको आँसु निकाल्यो आइएसले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK