आँधीहुरीका कारण अमेरिकामा १५ नेपाली परिवार विस्थापित

ENGLISH

NRN GLOBAL

आँधीहुरीका कारण अमेरिकामा १५ नेपाली परिवार विस्थापित

1 September, 2017 | Bipin Acharya | 695 Views | comments

‘हार्भी’नामक समुद्री आँधीहुरीसहितको भीषण वर्षाका कारण टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रमा १५ नेपाली परिवार विस्थापित भएका छन् ।

गत शुक्रबार रातिदेखि जारी आँधीहुरी अर्थात् हुरिकेनले प्रभावित भएपछि १५ परिवारका करिब पाँच दर्जन सदस्यहरुलाई सुरक्षित स्थलमा सारिएको छ । नेपाली समाज, ह्युस्टनका सल्लाहकार तारा बरालले भने , ‘विस्थापित परिवारहरु कुनै सेल्टरमा नभएर, सुरक्षित स्थलमा रहेका नेपाली परिवारहरुसँग रहेका छन् ।’

विस्थापित हुनेमा नेपाली समाज अध्यक्ष ज्योति घिमिरे समेत रहेका छन् । नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिर समेत प्रभावित भएको छ । ग्रेटर ह्युस्टन क्षेत्रमा करिब १५ हजार नेपाली बसोबास रहेको बताइन्छ ।

ह्युस्टनवासी बरालले मौसम स्थितिमा मंगलबार साँझदेखि केही सुधार आएको बताए । यद्यपि हुरिकेनको प्रभाव बुधबारसम्म हुने अमेरिकी मौसम विभागको अनुमान छ ।

इतिहासकै डरलाग्दो समुद्री आँधी मानिएको ‘हार्भी’का कारण दक्षिण-पूर्वी अमेरिकामा अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । सडकहरु जलमग्न छन् भने ह्युस्टन क्षेत्रका दुईवटा एयरपोर्टहरु बन्द छन् । आपतकालीन स्थितिका कारण हरेक मध्यरातदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने गरिएको छ ।

ह्युस्टन प्रहरीले अहिलेसम्म बाढी प्रभावित ३ हजार ५ सयलाई उद्धार गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुरिकेन प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK