अहिलेसम्म कसैले पनि प्रपोज गरेको छैन मलाई-केकी अधिकारी

ENGLISH

ENTERTAINMENT

अहिलेसम्म कसैले पनि प्रपोज गरेको छैन मलाई-केकी अधिकारी

7 January, 2017 | Bhawana Pathak | 875 Views | comments

सिनेमा लभ सासामा शीर्ष भूमिकामा रहेकी अभिनेत्री केकी अधिकारी अहिले सिनेमा लभ सासाको प्रमोशनमा व्यस्त छिन् । यसै शिलशिलामा उनले आफ्नो बारे यसरी खुलेर बोलेकी छन |

keki_adhikari-06012017084620-1000x0

मेरो कलाकारिता यात्रा म्युजिक भिडियोबाट सुरु भएको हो । नेपाली गीतको धेरै वटा म्युजिक भिडियोमा काम गरे पछि मात्रै मलाई चलचित्रमा अफर आएको हो । सन् २०११ देखि मैले चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न थालेँ । काम गर्ने दौरानमा कति चलचित्रलाई दर्शकले माया गर्दिनु भयो कतिलाई गर्नु भएन । मैले अभिनय गरेको सबै चलचित्र पूर्ण रुपमा राम्रो छ भनेर म भन्न पनि सक्दिन किनभने सिक्नेक्रम अझै सकिएकोे छैन । कामगर्ने क्रममा हरेक क्षेत्रमा दैनिक जसो नयाँ कुराहरु आईरहेका हुन्छन् । मैले मेरो दर्शक, श्रोतालाई अभिनय मार्फत कति चिन्न सकेँ भन्ने कुरा दर्शककै जिम्मामा छ । यो ६ वर्षको समयावधिमा मैले १५ वटा चलचित्रमा काम गरिसकेको छु । मलाई प्रायले धेरै चलचित्रमा काम गर्नु भयो भन्नुहुन्छ तर अन्य कलाकारको तुलनामा मेरो कुरा गर्ने हो भने चलचित्रमा मैले निकै कम काम गरेको हो । प्रत्येक महिनामा एक चलचित्र खेल्ने कलाकार हाम्रै ठाउँमा हुनुहुन्छ ।

कपालको रहस्य :
मेरो कपाल बढेको भन्दा पनि बिग्रेको हो । चलचित्रमा काम गर्ने क्रममा कहिले सिल्की कहिले कर्ली गर्नुपर्छ । विभिन्न केमिकलको प्रयोगका कारण अहिले कपाल बिग्रेको छ भन्दा फरक नपर्ला । प्राकृतिक रुपमा आएको कपाल एक पटक बिग्रिए पछि जति प्रयास गर्दा पनि राम्रो हुन्न । कपाल राम्रो हुनको लागि फेरि नयाँ कपाल पलाउनु पर्छ । चलचित्रमा काम गरे पछि कथावस्तु अनुसार चल्नुपर्छ । यसमा मेरो कुनै पनि गुनासो छैन । कलाकार हुनुमा म गर्भ गर्छु मेरो कपाल बिग्रियो भनेर दुखी हुन चाहन्न ।

मन पर्ने कलाकार कर्मा :
कर्मा मलाई मनपर्ने कलाकार हो । चलचित्र सानो संसार हेर्दा देखि नै मलाई कर्माको अभिनय मन परेको थियो । त्यो बेलादेखि नै म उहाँसंग चलचित्र खेल्ने मौका कहिले आउँछ ? भनेर कुरेरै बसेको थिएँ । झन उहाँको गुङरुङ्ग परेको कपालको त फ्यानै हो म । अहिले यो मौका ‘लभ सासा’ चलचित्रका निर्देशक प्रचण्डमान श्रेष्ठले मिलाई दिनुभएको छ । निकै खुसी लागेको छ । यो चलचित्रमा अन्य सिनेमाको जस्तो रोमान्स खासै छैन । त्यसैले मनपरेको हिरोसंग रोमान्स गर्न पाईएन । तर हामी कलाकारले कथालाई कहिल्यै पनि भुल्नु हुन्न त्यो नै हाम्रो धर्म हो ।

यो चलचित्रमा आर्थिक सहयोग माधव वाग्लेको रहको छ । निर्देशक प्रचण्डमान श्रेष्ठ उहाँको पनि लगानीे छ । लभ सासामा म केकी अधिकारी अनि कर्मा छौँ । चलचित्रलाई शिवराम श्रेष्ठले खिच्नु भएको हो ।अहिले नै भन्न सक्दिन म । तर दर्शकको माया पाएको खण्डमा पक्कै राम्रो हुन्छ । मेरो करिअरको जिम्मा त दर्शकै हातमा छ । लभ सासाको म शीर्ष भूमिकामा नै छु । शीर्ष भूमिका पाउनु राम्रो कुरा हो । चलचित्रले राम्रो व्यापार गरेको खण्डमा मेरो करिअर पनि राम्रो हुनेछ ।

चलचित्र ‘लभ सासा’ मैले अहिले सम्म अभिनय गरेको भन्दा नितान्त फरक चलचित्र हो । अन्य चलचित्रमा धेरै हाँस्नु पर्ने अनि रिस देखाउनु पर्ने छ भने यो चलचित्रमा त्यस्तो छैन । एकदमै फरक रहेको छ । प्राकृतिक, सिम्पल अनि सुईट लभ स्टोरी छ ।

चलचित्रमा यर्थाथ कुरा ल्याउनलाई लभ नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन । त्यो त कलाकारमा भरपर्ने कुरा हो । साँच्चैको लभ जोडीले काम गर्दा सिनेमामा राम्रो फिलिङस आउने हो भने त हामी जोडी नहुनेलेचै के गर्ने ? प्रेमकै कुरा गर्ने हो भने अहिले सम्म कुनै पनि केटाले प्रेम प्रस्ताव राखेका छैनन् मलाई । कतै मेरो पहिले नै केटा छ भनेर प्रस्ताव नगरेको हो की, बुझ्नै सकेको छैन । मेरो लभ परेको छैन भन्दा पनि कसैले पत्याउने होईन ।

कर्मा शाक्यसंग यो मेरो पहिलो चलचित्र हो । मेरो नजरमा कर्मा सोझो, अभिनयमा लगाव भएको कलाकार हो । काम गर्ने क्रममा आफ्नो सहकर्मीले जति टेक खाँदा पनि त्यो कुरामा नरिसाउने, उल्टै प्रोत्साहन गर्ने कलाकार हो कर्मा । हामी दुबै जनाले चलचित्र सुटिङको एक सम्वादमा क्रममा ५१ टेक खाएका थियाँै । एउटा सम्वादको लागि ५१ पटक प्रयास गर्नुपर्यो । जति टेक खाए पनि कलाकारको राम्रो अभिनय खोज्ने निर्देशकमा प्रचण्डमान श्रेष्ठ पर्नुहुन्छ ।

चलचित्र क्षेत्रको लागि मलाई ‘चारुमती’ नाटकले धेरै कुरा सिकाएको छ । चलचित्रको सुटिङ्ग सकेर फुर्सदमा बसेको बेलामा मलाई ‘चारुमती’ नाटकको ‘चारुमती’कै भूमिकाको लागि अफर आएको थियो । मैले चलचित्र र नाटकमा काम गर्दा कस्तो हुन्छ भन्ने कुराको प्रत्यक्ष जान्नु पनि परेको थियो । नाटक गर्दा र चलचित्रमा काम गर्दा धेरै फरक कुरा मैले पाएँ । धेरै कुरा सिक्ने मौका पनि पाएको छु ।

जुन कुराले चलचित्र क्षेत्रमा सहयोग गरेको छ । चलचित्रमा धेरै पटक टेक हुन्छ भने नाटकमा प्रत्यक्ष रुपमा अभिनय गर्नु पर्ने हुन्छ त्यो पनि दर्शकको अगाडि । चलचित्रमा अभिनय गरेको सम्पादन गरेर पछि पर्दामा आउने हो भने नाटकमा त हामी दर्शकको माझमा फेस टु फेस आउनु पर्छ । एउटा नाटकको लागि तीन महिना समय खर्चेको छु । एक महिना रिडिङमा लाग्यो, अर्काे एक महिना रिहल्सनमा अनि अर्काे एक महिना स्टेजमा ।विवाहको लागि मन मिल्नु पर्छ चिना होईन । त्यसैले मन मिलेको अवस्थामा जुनसुकै जातसंग पनि विवाह गर्ने रेडि छु म तर अहिले होईन २—४ वर्ष पछि ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK