अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

ENGLISH

अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

10 January, 2017 | Krishna Adhikari | 960 Views | comments

health-minister-581e927b2f1321-33394303स्वास्थ्य मन्त्रालयले ३५ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये ३५ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ । यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले ३५ अस्पतालमा पदाधिकारी नियुक्त गरेको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो । अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाएको थियो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति एव्म मनोनयनसम्बन्धी मापदण्डलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्री थापाले पेस गरेको मापदण्डलाई सरकारले मङ्सिर १६ गते नै स्वीकृत गरेको थियो ।

त्यसैगरी मन्त्रालयले खाली रहेका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पदाधिकारी नियुक्तका लागि २७ गतेसम्मको सूचना पनि निकाली सकेको छ ।

प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि इच्छुक व्यक्तिले यही पुस २७ गतेभित्र कार्ययोजनासहित मन्त्रालयको चिकित्सा सेवा महाशाखामा दरखास्त बुझाउन अनुरोध गरेको छ । उपकुलपतिको दरखास्त हाल्नेले १० पेजमा नबढाइ कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।

मापदण्डअनुसार जिल्ला अस्पतालको अध्यक्षका लागि स्नातक तथा केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पतालका अध्यक्षका लागि स्नातकोत्तर पास हुनुपर्नेछ । समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिबद्धतासहित कार्यसम्पादन करार गर्नुपर्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK