अस्ट्रेलियाली नेताको नजरमा नेपाली पनि परे

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियाली नेताको नजरमा नेपाली पनि परे

13 June, 2016 | Bipin Acharya | 975 Views | comments

आफ्नो स्थायी बसोबास अस्ट्रेलिया बनाई सकेका गैरआवासीय नेपालीहरुलाई त्यहाँको राजनीतिक दलहरुले आफ्नो पक्षमा पार्न लविङ गरिरहेका छन् । हालै सरकारमा रहेको राजनीतिक दल लिबरलको नेपाली शाखा लिबरल फ्रेण्डस अफ नेपाल स्थानीय उम्मेद्दवारहरुलाई नेपाली समुदायसँग भेटाएर चिनजान गराइ रहेको छ भने अर्काे मुख्य राजनीतिक दल लेबरका उम्मेद्दवारहरु समेत नेपाली समुदायका ब्यक्तिहरु र नेपाली शुभचिन्तकहरुसँग बिभिन्न कार्यक्रम मार्फत भेट गरिरहेका छन् । यस्तो भेटको मुख्य आसय हो नेपालीहरुबाट आफ्नो पक्षमा भोट लिनु ।

12062016084400Nepali-with-Former-Tresurer-Chris-Bowen-1000x0

यही जुलाईको २ मा हुन गइरहेको अष्ट्रेलियाको राष्ट्रिय निर्वाचन यहाँका नेपालीहरु पनि सक्रियताका साथ सहभागि रहेका छन् । उनीहरुलाई यहाँका राजनीतिक दलका ठूला/साना नेताहरुले समेत राम्रै स्थान दिइरहेका छन् । सधैजसो भलादमी र इमान्दारको उपमा पाएका नेपालीहरुको भोट आफ्नो तर्फ पार्न यहाँका राजनीतिक दलका नेताहरु लागिपरेका हुन भने ठुला नेताहरु भेट्न पाउँदा नेपालीहरु समेत मख्ख पर्दै त्यसमा उत्साहित बनेका छन् ।

अष्ट्रेलियाका मुख्य दुई राजनीतिक दलहरुले नेपालीहरुको आफ्नै शाखा स्थापना गरिदिएकाले समेत यहाँका नेपालीहरुलाई निर्वाचनमा खुलेर लाग्न सहज बनेको हो । दुबै राजनीतिक दल समर्थक नेपालीहरु अहिले आफ्नो क्षेत्रका उम्मेद्धवारहरुको प्रचारप्रसारमा ब्यस्त छन् । यहाँ रहेका रेल, बस स्टेसन लगायतका स्थानहरुमा गएर नेपालीहरु आफ्नो उम्मेद्धवारको पक्षमा भोट माग्दै हिडेका छन । केही त उनीहरुको कार्यलयमा गएर मतदाताहरुलाई फोन गरेरै भोट समेत मागिरहेका छन् ।

‘यो वास्तवमै सकारात्मक र राम्रो पक्ष हो हामी नेपालीहरुको लागि,’ हालै सत्तामा रहेको लिबरलको शाखा लिबरल फेण्डस अफ नेपालका संयोजक श्री नापितले भने । उनका अनुसार यसले नेपालीहरुसँग दोहोरो सम्बन्ध कायम गर्न मद्दत मात्र पुग्दैन कि आवश्यक परेको समयमा सहयोग लिन समेत सहज हुन्छ ।

आफुहरुले पनि आफ्नो क्षेत्रका उम्मेद्धवारहरुलाई आवश्यक सबै सहयोग पुरयाइरहेको उनले बताए । उनका अनुसार अहिले उक्त पार्टीका प्रमुख तथा प्रधानमन्त्री माल्कम टर्नबुल, अध्यागमन मन्त्री पिटर डट्टन, विदेश मन्त्री जुलि विसप, सुरक्षा मन्त्री मरिस पेयन लगायतका ठुला नेताहरु पनि नेपाली समुदायसँग राम्रै सम्बन्ध राखिरहेका छन् ।

अर्काेतिर अर्काे राजनीतिक दल लेबरका मुख्य नेता बिल सर्टन, पूर्वअर्थमन्त्री क्रिस बाओन, पुर्व अध्यागमन मन्त्री टोनी बर्क लगायतका नेताहरु समेत नेपाली समुदायमा रामै्रसँग सहभागिता जनाइरहेको लेबरका स्थानीय नेपाली नेताहरु बताउँछन् । उक्त दलका नेपाली नेताहरु समेत खुलेरै उनीहरुलाई सहयोग गरिरहेका छन् ।

लेबरमा लागिपरेका गोवा कटुवालका अनुसार उम्मेद्धवारको प्रचार प्रसारका साथै उनीहरुलाई गर्न सकिने सबै सहयोग स्वयंसेवकका रुपमा गर्ने गरिएको छ । ‘यसले भविश्यमा नेपाली युवाहरुलाई यहाँको राजनीतिमा आउन मद्दत पुग्नुका साथै आपसी सम्बन्ध बृद्धि गर्न समेत सहयोग हुन्छ । उनका अनुसार नेपाल र अष्ट्रेलियाबिचको दाहोरो सम्बन्धका लागि समेत यो कार्य भविश्यमा प्रभावकारी हुन्छ ।

अबको ३ सातापछि अष्ट्रेलियाभरि हुन लागेको निर्वाचनमा सदनका लागि १ सय ५० र सिनेटका लागि ७६ सिटका लागि मतदान हुनेछ । अस्ट्रेलियामा स्थायी बसोबासको स्विकृति पाएका नेपालीहरु नै ३५ हजार कटि सकेका छन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK