अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

16 October, 2018 | Sandeep Bhattarai | 5320 Views | comments

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम भाषण कम र बिभिन्न देशका समूहले आ-आफ्नो संस्कृति झल्काउने गरी नाचगान, देउसीभैलो, कृष्ण कन्सियसनेस अन्तराष्ट्रिय संस्था इस्कनद्धारा भजन किर्तन जस्ता बिभिन्न कार्यक्रम सहित भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा मेल्टन काउन्सिलका मेयर बब टर्नर, उपमेयर केन हार्डी, लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक इ. रामकुमार श्रेष्ठ, नेपाली पत्रकारिता जगतका भिष्मपितामहका रुपमा चिनिने वरिष्ठ पत्रकार गोपाल थपलिया, साहित्यकार सुशिल चालिसे, दिदीबहिनी समाज भिक्टोरियाकी प्रतिनिधि बर्षा केसी राजभण्डारी, समाजसेवी राज अधिकारी लगायत विभिन्न देशीविदेशी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष्य कुबिर खनलद्धारा स्वागत मन्तब्य ब्यक्त र उपाध्यक्ष केदार दुलालद्धारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर बब टर्नरले यस किसिमका बहुसांस्कृतिक कार्यक्रमहरुको पछाडि आफूहरु सधै रहने र सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली, भुटानी, म्यासाडोनियन, साउथ सुडान, सामोअन कम्युनिटीहरुले आ-आफ्नो संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरेका थिए । कृष्ण कन्सियसनेस अन्तराष्ट्रिय संस्था इस्कनद्धारा दुई प्रस्तुतिमध्ये स-साना नानीहरुको प्रस्तुतिले सबैको ध्यान तानेको थियो । अन्तमा सामूहिक नाचको कार्यक्रमपछि देउसीभैलोको कार्यक्रम थियो जस्मा मेयर, उपमेयर लगायत सबै देशका प्रतिनिधिहरु सहभागी भएका थिए ।

देउसीभैलो कार्यक्रम कतारमा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK