अस्ट्रेलियामा रहेको नेपाली दूतावासका लागि जग्गा तयारी

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा रहेको नेपाली दूतावासका लागि जग्गा तयारी

28 December, 2016 | Bipin Acharya | 1350 Views | comments

untitled-1-28122016084124-1000x0

अस्ट्रेलियामा रहेको नेपाली दूतावासका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । अस्ट्रेलिया सरकारको आग्रहपछि राजधानी क्यानबेराको कूटनीतिक क्षेत्र पारालुम्ला र डिकिनमा जग्गा खरिद प्रक्रिया अघि बढेको हो ।

अस्ट्रेलिया सरकारले त्यस क्षेत्रमा रहेका जग्गालाई सरकारी चलनचल्तीको भाउमा बिक्री गर्ने गरी न्यूनतम ८ लाखदेखि २७ लाख डलरसम्मको जग्गाको प्लट खरिदका लागि आग्रह गरेको छ । त्यहीअनुसार दूतावासले नेपाल सरकारलाई अस्ट्रेलियाली सरकारले दिएको जग्गाको नक्सा, विवरण र रकम सहितको जानकारी पठाइसकेको छ ।

क्यानबेरामा रहेको दूतावास भवनका लागि सरकारले वर्षको २ लाख ४० हजार डलर (करिब २ करोड ५ लाख रुपैयाँ) भाडा तिर्दै आएको छ । जग्गा खरिद प्रक्रिया अघि बढे पनि दूतावाससँग भवन कहिलेसम्म निर्माण गरिसक्ने भन्ने कुनै योजना छैन । दूतावासका अधिकारीहरू भने अस्ट्रेलिया सरकारको नियमअनुसार पनि लामो समयसम्म घर नबनाई बस्न नमिल्ने भएकाले भवन जतिसक्दो चाँडो निर्माण गर्ने दाबी गर्छन् । अस्ट्रेलियामा कूटनीतिक प्रावधानका लागि जग्गा खरिद गरिसकेपछि ३६ महिनाभित्रमा भवन निर्माण गरिसक्नुपर्ने र ७२ महिनासम्ममा निर्माण पूरा गर्नुपर्ने प्रावधान छ ।

‘सबै कुरा हामीले सोचेजस्तै भयो भने अबको करिब ६ महिनामा दूतावासले आफ्नो जग्गा खरिद गर्नेछ,’ कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले  भने, ‘त्यसपछि हामीले आफ्नो भवन निर्माणको प्रक्रिया अघि बढाउँछौं ।’ परराष्ट्रका एक अधिकारीअनुसार सन् २००७ मा पनि अहिलेका परराष्ट्र सचिव शंकर बैरागी कार्यवाहक राजदूत रहँदै आफ्नै जग्गा खरिदका लागि अस्ट्रेलिया सरकारले आग्रह गरेको थियो ।

नेपालले आफ्नै जग्गा भएका कतिपय देशमा दूतावास भवन बनाउन सकेको छैन । दूतावास भवन भाडा जति पारदर्शी भनिए पनि त्यसमा कुनै न कुनै रूपमा ‘कमिसन’ वा केही चुहावट हुने हुनाले नै पटकपटक दूतावास भवन नै सार्ने र कर्मचारी फेरिएसँगै निवास पनि फेरिने गरेको पाइन्छ । सरकारले दूतावासका लागि सम्पत्ति खरिद गर्न विगत चार वर्षदेखि बजेट छुट्याउँदै आएको भए पनि थाइल्यान्डबाहेक अन्यत्र खरिद हुन सकेको छैन । नेपालको विदेशमा ३६ नियोग छन् । तर कुनै मुलुकमा पनि आफ्नो पूर्ण निवास छैन ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK