अस्ट्रेलियामा ‘नेपाल डे’ को तयारी

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा ‘नेपाल डे’ को तयारी

10 September, 2016 | Bipin Acharya | 1515 Views | comments

गैरआवासीय नेपाली संघ र अवैतनिक नेपाली वाणिज्य दूतावासले संयुक्त रूपमा अस्ट्रेलियामा पहिलो पटक ‘नेपाल डे’ मनाउने भएका छन्। नेपाली पर्यटन, कला संस्कृतिको प्रवद्र्धन र विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने उद्देश्यले नेपाल डे मनाउन लागिएको हो।

aus

अस्ट्रेलियाको दक्षिणी राज्यको एडिलेडमा सेप्टेम्बरको २४ मा आयोजना गर्न लागिएको कार्यक्रममा जतिसक्दो बढी विदेशीलाई सहभागी गराउने लक्ष्य लिइएको आयोजकले जानकारी दिएको छ। आफ्नो देशलाई चिनाउन नाम महत्त्वपूर्ण हुने ठानेर आफूहरूले पहिलो पटक ‘नेपाल नेसनल डे’ नाम राखेर पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको एनआरएन साउथ अस्ट्रेलियाका अध्यक्ष नवीन कँडेलले बताए।

कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने विभिन्न नृत्य प्रस्तुत गरिनुका साथै नेपाली पोसाक, पर्यटनसम्बन्धी विविध जानकारी र नेपालमा घुम्न जानेहरूका लागि सूचना उपलब्ध गराइनेछ।

अवैतनिक वाणिज्यदूत दीपक धमलाले भूकम्पपछि नेपालमा जाने पर्यटकको संख्या कमी आइरहेकाले यहाँका नागरिकलाई नेपाल घुम्न प्रेरित गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए।

उनले नेपाल पर्यटकीय क्षेत्रका लागि सुरक्षित र सहज छ भन्ने जानकारी दिन झाँकीसहितका कार्यक्रम र केही भिडियो प्रस्तुतिसमेत गरिने जानकारी दिए। एनआरएन सचिव नवीन पन्तले कार्यक्रममा स्थानीय अस्ट्रेलियाली मन्त्रीहरूका साथै राजनीतिक दलका नेता तथा सांसद र विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहने बताए।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK