अस्ट्रेलियामा नेपाल आइडलको टोलीलाई राम्रो साथ

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा नेपाल आइडलको टोलीलाई राम्रो साथ

4 December, 2017 | Sandeep Bhattarai | 770 Views | comments

नेपाल आइडल

एकमहिने सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएको नेपाल आइडलको टोलीलाई यहाँका संगीतप्रेमीले राम्रो साथ दिएका छन् ।

अस्ट्रेलियाका आठ सहरमा गाउने सांगीतिक प्रस्तुति लिएर केही दिनअघि सिड्नी आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र प्रमिला राई छन् ।

नेपाली टचको निम्तोमा आएका उनीहरूले अहिलेसम्म सिड्नी, क्यानबेरा, ब्रिसबन र मेलबर्नमा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने अन्य चार सहरमा पनि प्रस्तुत हुँदै छन् । उनीहरूलाई कार्यक्रम सम्पन्न भएका सबै सहरमा नेपाली दर्शकहरूले भरपूर साथ दिएका थिए ।

आयोजकले उनीहरूको कार्यक्रमलाई पहिलोपटक सिड्नीका प्रतिष्ठितमध्येको ओलम्पिक पार्कमा रहेको स्पोट्र्स सेन्टरमा राखेको थियो । अन्य सहरमा समेत उत्कृष्ट कार्यक्रमस्थलमा कार्यक्रम प्रस्तुत गरिएको आयोजक राजकुमार गोस्वामीले दाबी गरे ।

मेलबर्नमा आइतबार आयोजित कार्यक्रममा समेत दर्शकश्रोताको उत्तिकै उपस्थिति थियो । उनीहरूलाई दर्शकश्रोता नाचेर र गाएर दिएका थिए । करिब तीन घण्टा दर्शकश्रोताले भरपूर मनोरञ्जन पाएका थिए ।

नेपाली टचका दीपेश पुनका अनुसार, उनीहरूले एडिलेड, पर्थ, होबार्ट र डार्बिनमा पनि गाउनेछन् ।

कान्तिपुरबाट

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK