अस्ट्रेलियामा नेपाली व्यवसायी बढ्दै

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा नेपाली व्यवसायी बढ्दै

नारायण खड्का, अस्ट्रेलिया ।

20 May, 2018 | Kabi Adhikari | 3515 Views | comments

सिड्नीका केही नेपाली युवा मिलेर किङ्गस फोर्ड इन्टरनेसनल कलेज स्थापना गरे । शुक्रबार मात्र उद्घाटन गरिएको उक्त कलेजले डिप्लोमा तहका विभिन्न विषयहरुको अध्यापन गराउनेछ ।

नयाँ वर्षको अवसर पारेर दक्षिण अस्ट्रेलियाका नेपाली युवा गोकुल घिमिरेले केही विदेशीहरुसँग मिलेर स्कनिङ्ग होम्स नामको घर निर्माण कम्पनी स्थापना गरे ।

पछिल्लो समयमा अस्ट्रेलियामा रहेका नेपालीहरुले व्यवसाय स्थापना मात्र गरेका छैनन् कि विभिन्न तहका व्यवसायहरुमा समेत पहुँच बढाइरहेका छन् ।अहिले नेपालीहरु घरजग्गा व्यवसायदेखि, क्याम्प्स, रेस्टुरेन्ट, ट्राभल टुरिजम, कृषि, एकाउन्टिङलगायत क्षेत्रमा सफल बनिसकेका छन् । विशेष गरेर नेपाली ग्राहकहरुलाई नै मध्यनजर गरेर व्यवसाय स्थापना गरिने भए पनि उनीहरुलाई विदेशी ग्राहकहरुलाई समेत उत्तिकै सेवा दिइरहेको बताउँछन् ।

नेपालीहरुले करिब दुई दशकअघि मात्र व्यावसायिक रुपमा आफ्नो कदम चाले पनि छोटो समयमा नै सफलता पाएका छन् । करिब एक दशकदेखि क्याप्कोन नामको व्यवसाय स्थापना गरेर सफल बनेका किरण थापा नेपालीहरु सफल हुनुमा उनीहरुको लगन र परिश्रम नै भएको बताउँछन् । एक विश्वविद्यालयमा अध्यापन समेत गराउने उनी अबको केही दशकमा नेपालीहरुले व्यावसायिक रुपमा ठूलो फड्को मार्ने दाबी गर्छन् ।

सिड्नीजस्ता ठूला सहरहरुमा मात्र नभएर नेपालीहरुले अन्य राज्यहरुमा समेत आफ्नो व्यवसाय फैलाइसकेका छन् भने उनीहरुले अहिलेसम्म सयौं नेपालीहरुलाई रोजगारी समेत दिएका छन् । दक्षिण अस्ट्रेलियामा लाखौं डलरको लगानीमा व्यवसाय स्थापना गरेका गोकुल घिमिरे पछिल्लो समयमा नेपालीहरु ठुला सहरहरुभन्दा पनि अन्य राज्यमा बसोबास गर्न थालेकाले नेपालीहरु व्यवसायमा आकर्षित भएको सुनाउँछन् । ‘कुनै पनि नेपाली व्यवसायमा भएपछि भाषा लगायतको सहजताले समेत नेपालीहरुलाई आकर्षित गर्न सकिन्छ’ उनले भने ।

नेपालीहरुले सांगीतिक क्षेत्रमा समेत उत्तिकै लगानी गरिरहेका छन् । अहिले करिब दर्जन ठूला र साना पर्दाका चलचित्रहरु अस्ट्रेलियामा निर्माण भइसकेका छन् भने केही चलचित्र निर्माणको चरणमा छ । त्यसबाहेक साताजसो नै यहाँ रहेका युवाहरुले म्युजिक भिडियो निकालेर नेपालमा रोजगारी पनि सिर्जना गरिरहेका छन् ।
अहिले नेपालीहरुले तास्मानियादेखि सिड्नीसम्म आधा दर्जन बढी आफ्नै कलेज स्थापना गरिसकेका छन् भने १ सय बढी त नेपालीहरुको आफ्नै रेस्टुरेन्ट व्यवसाय छ ।

नेपालीहरुले आफ्नो अध्यापन सकेपछि जागिर खानभन्दा पनि व्यवसाय स्थापना गर्न जागरुक हुने भएकाले पछिल्लो समयमा धेरै नेपालीहरुले यस क्षेत्रमा आएको उनीहरुको भनाइ छ ।

करिब ४ वर्षदेखि घरजग्गासम्बन्धी नै काम गर्दै आएका सुजित सिग्देल व्यवसाय स्थापना गर्न बैंकको सहज ऋण सुविधा र सरकारी नियम कानुनहरुले समेत धेरै प्रोत्साहित गरिरहेको दाबी गर्छन् । – आजको कान्तिपुर दैनिकमा खबर छ ।

अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने...

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK