अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

3 December, 2017 | Sandeep Bhattarai | 1150 Views | comments

अस्ट्रेलिया

नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र अवैतनिक वाणिज्य दूतावासको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइएको थियो । उक्त क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरुलाई लक्षित आयोजना गरिएको कार्यक्रममा अधिकांश विदेशीहरुको सहभागिता रहेको आयोजक दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत दीपक धमलाले जानकारी दिए ।

कार्यक्रममा नेपालका पर्यटनमन्त्री जीतेन्द्रनारायण देव, अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, माथिल्लो सदनका प्रमुख रसल वाट्ली, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन उपाध्यक्ष अशोक केसीलगायत ब्यक्तिको सहभागिता थियो । सहभागीहरुलाई मन्त्री देवले नेपाल भ्रमणका लागि अत्यन्तै सुरक्षित रहेको जानकारी दिँदै नेपाल भ्रमणका लागि सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष थापाले नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा प्रस्तुति दिएका थिए ।नेपाली कलाकार आशिका राईलगायतले नेपाली कलासंस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

यसैगरी देवलगायतको टोलीसँग एनआरएनका प्रतिनिधिहरुले अलग्गै अन्तरक्रिया समेत गरेका थिए ।

कान्तिपुरबाट

नेपालको पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियामा कार र्‍याली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK