अस्ट्रेलियामा गरेको च्यारिटी सोबाट उठेको रकम ब्लड क्यान्सर पीडित पौडेललाई

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा गरेको च्यारिटी सोबाट उठेको रकम ब्लड क्यान्सर पीडित पौडेललाई

4 March, 2016 | Sandeep Bhattarai | 775 Views | comments

नेपाली चलचित्र ‘भाग सानी भाग’को टोलीले अस्ट्रेलियामा गरेको च्यारिटी सोबाट उठेको रकम ब्लड क्यान्सर पीडित सात वर्षीया रेजिना पौडेलको उपचारका लागि उपलब्ध गराएको छ ।

help

बिहिबार आयोजित पत्रकार सम्मेलनमा च्यारिटी सोबाट सङ्कलित रु एक लाख ६६ हजार २१५ को चेक चलचित्र नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । सो चलचित्र र नेनाज फाउन्डेसनको आयोजनामा नारायण पन्थी र विष्णु चापागाईंको सक्रियतामा अस्ट्रेलियाबाट सो रकम सङ्कलन गरिएको फाउन्डेसनका सदस्य गङ्गा पन्थीले बताउनुभयो ।

फाउन्डेसनका पन्थीले बालिकाले स्वास्थ्य लाभ गरेपछि अध्ययन र पालनपोषणको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्खाखाँची, अंशपुर–४ की रेजिनाको हाल बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । बालिकाकी आमा कविताका अनुसार हालसम्म उनलाई उपचार गराउनका लागि रु २० लाख लागिसकेको र चिकित्सकको सल्लाहअनुसार अब रु छ लाख लाग्ने हुँदा सहयोगको माग गर्नुभयो ।

सिनेमाका निर्माता चेतन सापकोटा र नायिका केकी अधिकारीले चलचित्र पुण्य कामको भागिदारी बन्न पाएकामा खुसी व्यक्त गर्नुभयो । चलचित्र आगामी चैत ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK