अस्ट्रेलियामा किराँतहरुको उभौली पर्व धुमधामका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा किराँतहरुको उभौली पर्व धुमधामका साथ सम्पन्न

22 May, 2017 | Bipin Acharya | 1205 Views | comments

अस्ट्रेलियामा बसोबास गरिरहेका किराँतहरुले आफ्नो परम्परागत पर्व उभौली धुमधामसँग मनाएका छन् । विभिन्न सांगीतिक कार्यक्रम र परम्परागत खानाहरुका साथमा विभिन्न तीन सहरहरुमा मनाइएको किराँत महोत्सवमा नेपालीहरुका साथै विदेशीहरुले समेत उल्लेख्य रुपमा सहभागिता जनाएका थिए ।

मेलबर्न र सिड्नीमा यसपहिले सम्पन्न उभौली महोत्सव आइतबार दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको थियो । मेलामा सिड्नी, मेलबर्न लगायतका सहरमा रहेका किराँतीहरुले समेत उल्लेख्य सहभागिता जनाएका थिए । कार्यक्रममा किराँतहरुको परम्परागत च्याब्रुङ्ग नृत्यले सबैलाई मोहित बनाएको थियो भने साकेला नृत्यले विदेशीहरुलाई समेत आकर्षित गरेको थियो । कार्यक्रममा ५ सय बढी स्वदेशी विदेशी अवलोकनकर्ताको सहभागिता रहेको आयोजक किराँत सोसाइटीका पब्लिक रिलेसन अफिसर नबिन काम्बाङले जानकारी दिए ।

कार्यक्रममा नेपाली परम्परागत पोशाकमा सजिएका किराँतीहरुको ढोल, झ्याम्टा, बिनायो, मुर्चङ्गा लगायतका बाजाहरु बजाउँदै सहभागीहरुलाई मनोरञ्जन दिएका थिए । यसैगरि कार्यक्रममा नेपाली खानाहरुको स्टल राखिएको थियो भने सहभागीहरुलाई नेपाली कला संस्कृतिको बारेमा समेत जानकारी दिइएको थियो । आयोजक संस्थाका योग राईले विदेशमा रहेर पनि आफ्नो कला संस्कृति र परम्पराको जर्गेना र प्रवर्द्धन गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा सहभागी विदेशीहरुले समेत कार्यक्रममा उत्साह र चासोका साथ सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागी अस्ट्रेलियाली नेताहरुले नेपाली समुदायले अस्ट्रेलियालाई सुन्दर देश बनाउन सहयोग पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागी पार्लियामेन्ट अध्यक्ष रसल वाट्ली, सांसद जिङ्ग ली लगायतले नेपाली समुदाय कला संस्कृतीमा धनी मात्र नभएर मेहनती र मिलनसार भएको बताउँदै अस्ट्रेलियालाई बहुसाँस्कृतिक देश बनाउन मद्दत पुर्‍याएको बताएका थिए । पर्यटकीय क्षेत्र भएकाले नेपालको भ्रमण गर्न समेत उनीहरुले सुझाएका थिए ।

कार्यक्रममा यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुका साथै भुटानी समुदायको समेत उल्लेख्य सहभागिता थियो ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK