अस्ट्रेलियामा एकहप्ताको अन्तरालमा तीन नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा एकहप्ताको अन्तरालमा तीन नेपालीको मृत्यु

5 January, 2018 | Kabi Adhikari | 2445 Views | comments

एकहप्ताको बीचमा तीन नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेको छ । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा एक विद्यार्थी, एक नर्स र एक वृद्ध महिलाको मृत्यु भएको हो ।

Tripti-Asmita

करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् । विद्यार्थी रिजालको मृत्यु भनिए पनि उनले आत्महत्या गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । यस घटनामाथि प्रहरीले अनुसन्धान जारी राखेको पनि जनाइएको छ ।

यसै गरी नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत शुक्रबार आफ्नो परिवारलाई भेट्न सिड्नी आएकी महिला ६१ वर्षिया देवीकुमारी अधिकारीको आउनेक्रममा विमानस्थलमै मृत्यु भएको थियो । अधिकारीको शव नेपाल पठाएसकिएको छ ।

पाण्डे र रिजालले आत्महत्या गरेको आशंका गरिए पनि कोरोनरको रिर्पोट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ । क्यानबेरामा रहेको नेपाली दुतावासले पनि उनीहरुको मृत्यु भएको पुष्टि गर्दै परिवारलाई जतिसक्दो सहयोग पुर्‍याइरहेको जनाएको छ ।

राजदुत लक्की शेर्पाले घटना दुखद भएको बताउँदै आवश्यक्ता अनुसार आफ्नो तर्फबाट पुर्याउने सबै सहयोग पुर्‍याइरहेको दाबी गर्नुभएको छ ।

समाचार अनुसार रिजाल सिड्नीकै लिडकममा बसेर स्थानीय कलेजमा अध्ययनरत थिइन् । क्यानबेरा स्थित नेपाली दुताबास, उनको पढाइ सम्बन्धी परामर्शदाता संस्था र नेपालमा अस्मिता रिजालको परिवारसंग सम्पर्क गरिएको र उनको परिवारको इच्छा अनुशार शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको जानकारी गराइएको छ ।

अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK