अस्ट्रेलियाबासी नेपालीबाट भूकम्प प्रभावितलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियाबासी नेपालीबाट भूकम्प प्रभावितलाई आर्थिक सहयोग

5 June, 2016 | Sandeep Bhattarai | 790 Views | comments

nepali-note-1-1विनाशकारी भूकम्पमा परी पर्वत जिल्लामा भौतिक क्षति भएका विद्यालय र घरबास गुमाएका विपन्न परिवारलाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।रोजगारीका लागि अष्ट्रिया पुगेका पर्वतको चित्रे गाविस–२ का रुद्रबहादुर विश्वकर्माको पहलमा जिल्लाका दुई विद्यालय र पर्वतको फलेवास, राम्जा, तिलाहार, बागलुङ र कास्कीका गरी १८ घर परिवारलाई उनीहरूले आर्थिक सहयोग गरेका हुन् ।

पर्वतको राम्जा देउराली गाविसमा रहेको पशुपति उच्च माविलाई नगद रु २५ हजार, कुश्मा नपा–११ खरेहामा रहेको खरेहा प्राथमिक विद्यालयलाई रु ५० हजार नगद पुनःनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेका छन् ।त्यस्तै, भूकम्पबाट घरबास गुमाएका चार परिवारलाई नगद रु २० हजारका दरले र अन्यलाई रु १५ हजार र रु छ हजार ५०० का दरले आर्थिक सहयोग प्रदान गरेका हुन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रियामा आबद्ध विश्वकर्माले भूकम्पपीडितको दुःखमा थोरै भए पनि राहत पुर्याउने उद्देश्यले उक्त सहयोग गर्नुभएको छ ।

उक्त राहत रकम शनिबार लायन्स क्लब अफ शिवालय, पर्वतको संयोजनमा पीडितलाई वितरण गरिएको हो । झन्डै रु तीन लाख नगद पीडितलाई हस्तान्तरण गरिएको थियो । विश्वकर्माले भूकम्प गएको समयमा झन्डै रु छ लाख बराबरको नगद र जस्तापाता सहयोग गर्नुभएको थियो । आफूहरू विदेशमा भए पनि स्वदेशमा रहेका पीडितलाई राहत पु¥याउने उद्देश्यले आफूले व्यक्तिगत र विभिन्न दाताबाट सङ्कलन गरेर रकम स्वदेश पठाएको उहाँले बताउनुभयो ।

राहत हस्तान्तरण गर्दै रुद्रबहादुर विश्वकर्माकी पत्नी मञ्जु विश्वकर्माले आफूहरू रोजगारीका लागि लामो समयदेखि प्रवासमा रहनुपरे पनि आफ्नै गाउँठाउँमा केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि असहाय, गरिब र विभिन्न पीडामा परेकालाई सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै लायन्स क्लबका डिस्ट्रिक्ट एडभाइजर काशीकुमार जोशीले जुनसुकै अवस्थामा पनि लायन्स क्लबले पीडितलाई सहयोग गर्दै आएको बताउँदै तत्काल राहत दिलाउनका लागि निरन्तर लागिरहने बताउनुभयो । उहाँले विभिन्न सहयोगीको सक्रियता र पहलमा लायन्स क्लबले भूकम्प, बाढीपहिरो, आगलागीलगायतका पीडितलाई सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

त्यस्तै, लायन्स क्लबका एरिया कोअर्डिनेटर लेखनाथ उपाध्याय र मनोनित रिजन चेयरपर्सन वसन्तकुमार कर्माचार्यले प्रवासमा रहेर पनि आफ्नो गाउँका भूकम्पपीडितलाई पटक–पटक आर्थिक सहयोग उपलब्ध गराउन पहल गरेकामा सहयोगदाताको परिवारको प्रशंसा गर्नुभएको थियो ।सो अवसरमा अमेरिकाको हावर्ड युनिभर्सिटिमा पूर्ण छात्रवृत्ति कोटामा अध्ययन गर्ने मौका प्राप्त गरेका सहयोगदाता रुद्रबहादुर विश्वकर्माका छोरा रोशन विश्वकर्मालाई सम्मानसमेत गरिएको थियो ।

यो पनि हेर्नुस – भूकम्पपीडितलाई सहयोग उठाउन अष्ट्रेलियामा कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK