अस्ट्रेलियाबाट राष्ट्रिय आविष्कार केन्द्रका लागि १६ लाख सहयोग

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियाबाट राष्ट्रिय आविष्कार केन्द्रका लागि १६ लाख सहयोग

10 August, 2017 | Bipin Acharya | 1240 Views | comments

महावीर पुनको पहलमा स्थापना गरिन लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाका नेपालीहरुबाट अहिलेसम्म करिब २० हजार डलर (१६ लाख रुपैयाँ) सहयोग संकलन गरिएको छ ।

महावीर पुन उक्त केन्द्रका बारेमा यहाँका नेपालीहरुलाई बुझाउन र सहयोग जुटाउनका लागि अस्ट्रेलियामा छन् । अहिलेसम्म पुनले सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा र एडिलेडमा रहेका नेपालीहरुसँग यही विषयमा अन्तर्क्रिया र छलफल कार्यक्रम गरिसकेका छन् । अन्तर्क्रिया कार्यक्रमअन्तर्गत नै उनको केन्द्रलाई सहयोग पुर्‍याउन रकम संकलन गरिएको हो । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दीपक शर्माका अनुसार रकम संकलन कार्य जारी रहेकाले ब्रिसबनमा कार्यक्रम सम्पन्न भइसकेपछि संकलित सबै सहयोग रकम पुनलाई एकमुष्ट हस्तान्तरण गरिनेछ ।

पुनको आविष्कार केन्द्रका लागि सिड्नीमा आयोजित कार्यक्रममा सबैभन्दा धेरै करिब १५ हजार डलर (करिब ११ लाख रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । एनआरएनए न्यु साउथ वेल्सका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले प्रतिबद्धता गरिएको रकम संकलन गरेर पुनलाई हस्तान्तरण गरिने जानकारी दिए । उनले देश विकासका लागि पुनले चालेको कदमलाई सहयोगका लागि एनआरएनले समन्वय गरेको जानकारी दिए ।

पुनलाई मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा चितवन समाज भिक्टोरियाले १ लाख ५५ हजार सहयोग गरेको छ भने एनआरएन भिक्टोरियाले करिब १ हजार ६ सय डलर संकलन गरेको छ ।

यसै गरी पश्चिम अस्ट्रेलियामा आयोजना गरिएको कार्यक्रमबाट समेत करिब २ हजार डलर संकलन गरिएको छ । पुनले देश विकासका लागि आविष्कार केन्द्रजस्ता अन्वेषण र अनुसन्धान केन्द्रहरु अपरिहार्य भएको बताउँदै आएका छन् । उनले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई धनका साथै समय र आफ्नो सीपको सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK