अस्ट्रेलियाका राम रुवाली अब गीतकार (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियाका राम रुवाली अब गीतकार (भिडियो सहित)

18 May, 2017 | Sandeep Bhattarai | 985 Views | comments

राम रुवाली

लामो समय देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गरि रहेका राम रुवाली नेपाली गीत संगीतमा प्रवासबाट केहि योगदानको निमित्त लागि परेका छन् ।

गीत लेखनमा कलम चलाउदै गरेका राम रूवालीले “तिमी फूल बगैचाको म रस खोजि हिड्ने भमरा” बोलको रचनाको क्रमको दोस्रो रोमान्टिक गीतको म्यूजिक भिडीयो र तेस्रो “मेरो जवानी” पप शैलीको लिरिकल भिडियो नेपाली गीत संगीत बजारमा पस्कि सकेका छन् । जुन गीतलाई धेरै गीत संगीतका पारखीहरूले मन पराएका छन। प्राबिधिक कारणले उनको पहिलो गीत-
“हाम्रो मायाँको पबित्र बन्धन छुट्टीय पनि
जिन्दगी त चलेकै छ तिम्रो साथ् छुटे पनि”
बोलको कर्ण प्रिय गीत निकाल्न केहि समय लागेको भएता पनि हालै सार्वजनिक भएको छ।

राम रुवालीको यस शब्दलाई नेपालका चर्चित सगीतकार बसन्त सापकोटाले मिठो संगीतले सजाएका छन्। गायक शिव परियारले “पवित्र बन्धन” को यो मिठो गीतलाई फरक शैलीले गाएर अझ मिठो सुनु सुनु लाग्ने गीत बनाएका छन् । जीवनका सत्य र तथ्य बोकेका शब्दहरु, ख्याती प्राप्त गायक शिब परियारको स्वरमा कर्णप्रिय कोशेली बनेर “पबित्र बन्धन’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

यो गीतको म्युजिक भिडियोलाई दिपेन्द्र के सी ले निर्देशन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। मोडलहरु सुनिल बस्नेत, सिर्जना र महेशको भिनय रहेको यो गीतमा हरि हुमागाईले क्यामेरामा कैद गरेका हुन्।

सार्वजनिक भएको गीतका बारेमा “नेपाल जापान डट कम” सँगको कुराकानीमा गीतकार राम रुवालीले यो गीतले जीवन बिताउने क्रममा आउने उतार चढाव, एक छिनको मोज मस्ती र बिचलनले आउने बिग्रह आदि कुराहरुलाई न्यूनीकरण गरेर सम्बन्धको पबित्र बन्धनलाई आत्म सात गर्दै आगाडी बढ्ने प्रेरणा दिन खोजेको बताए।

‘जिन्दगी त चलेकै छ तिम्रो साथ छुटे पनि … ‘ हो जिन्दगी त चल्छ तर पबित्र बन्धनको सिमा तोडेर अगाडी बढ्दा त्यसको बिग्रह आफू मात्र होइन आफ्ना परिवर, नातागोता शुभ चिन्तक र समाज सम्म पुग्दछ । पछिल्लो समय अस्ट्रेलियाबाट गीत सृजनामा लागेका रामु रूवालीले शरल शब्दमा जीवन र प्रेमका गीतहरू लेख्दै आएका छन् ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK