अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स)को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

ENGLISH

NRN GLOBAL

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

7 September, 2018 | Reeta Shrestha | 51825 Views | comments

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स)को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

पौडेललाई तिनै वृद्धको हेरचाह गर्ने कामको लागि राखिएको थियो जसलाई उनले उल्टै निर्ममतापूर्वक कुटपिट गरे । ती वृद्धकी छोरीले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्ना पितामाथि भएको अमानवीय व्यवहारको खुलासा गरेकी हुन् । पौडेललाई सिड्नीको नर्दर्न बिचेज क्षेत्रमा डेभिड नाबुल्सी नामका वृद्धको हेरचाह गर्न खटाइएको थियो । डेभिडकी छोरी आयडा सेलिनले उनलाई पिताको हेरचाह गर्ने जिम्मेवारी दिएकी थिइन् ।

बेलाबेलामा भेट्न आउने सेलिनले पिताको शरीरमा नीलडामहरु देखेपछि शंका लागेर पिताको कोठामा हिडन क्यामेरा जडान गरेकी थिइन् । सोही क्यामेरामा पौडेलले डेभिडलाई जुत्ताले कुटेको र कपडा तानेर बेडबाट लडाएको रेकर्ड भयो । डेभिड एड्भान्स डिमेन्सीयाबाट ग्रस्त थिए यही कारण उनको पूरै हेरबिचार होस् भनी उनलाई परिवारले नर्सको जिम्मामा केयर होममा राखेका थिए ।

तर, उनको हेरचाहको जिम्मा पाएकै प्रकाश पौडेलबाट उनीहरुको विश्वास तोडिएको हो । डेभिडकी छोरी सेलिनका अनुसार डेभिड आफ्नो पीडा बताउन र कसैलाई बोलाउन सक्ने अवस्थामा पनि थिएनन् । उनले पिताको शरीरमा नीलडाम देखेपछि क्यामेरा जडान गरेको बताइन् ।

प्रकाशले काम गर्ने एजेन्सीले उनलाई जागिरबाट निकालिदिएको छ । तर, यो उनले काम गर्ने एकमात्र ठाउँ भने होइन । उनी ह्वीलर हाइटको अर्को नर्सिङ होममा पनि पार्टटाइम काम गर्छन् । उनलाई नर्सिङ होमबाटै पक्राउ गरिएको छ ।

हेर्नुहोस् भिडियो :-

मलेसियामा कुटपिटबाट नेपाली युवाको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK