असोज तीन गते राजावादीले माइतीघरदेखि नयाँबानेश्वर सम्म प्रर्दशन गर्ने

ENGLISH

POLITICS

असोज तीन गते राजावादीले माइतीघरदेखि नयाँबानेश्वर सम्म प्रर्दशन गर्ने

12 September, 2016 | Sandeep Bhattarai | 1155 Views | comments

किशोरी महतो

संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् । राष्ट्रिय जनता पार्टी राजावादीले राजसंस्था र हिन्दूराज्यको पुर्नस्थापनाको माग गर्दै प्रर्दशन गर्न लागेको हो ।

राजधानीको संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष किशोरी महतोले अहिलेको संविधान भ्रष्टचार, जातीय तथा धार्मिक असन्तुलनको कारक रहेको भन्दै खारेज गर्नु पर्ने बताए । उनले नेपालमा ९० प्रतिशत जनताले हिन्दू धर्म मान्ने गरेको दाबी गर्दै हिन्दूहरुको मतको आधारमा संविधान लेखिनुपर्ने बताए ।

नयाँ संविधानले सामाजिक सदभाव खल्बलिएको, भ्रष्टचार, कुशासनले व्याप्त रुप लिएको तथा दण्डहीनता बढेको जनाउँदै धर्मनिरपेक्षताले राष्ट्रको पहिचान मेटाएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।विदेशीको योजना ल्याएको संघीयताले भौगोलिक रुपमा जनताबीच आपसमा द्वेष पैदा गराई गृहयुद्धको चपेटामा धकेल्न काम निकट समयमै हुने भएको उल्लेख गर्दै २०४७ को संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको दाबी विज्ञप्तिमा गरिएको छ ।

विरोध प्रदर्शन संसदभवन नयाँबानेश्वरमा पुगेर सभामा परिणत हुने पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता नवदत्त पन्तले जानकारी दिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष नेत्र सुब्बा लिम्बू, प्रवक्ता नवदत्त पन्तलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुस – कठोर कदम चाल्दै पूर्वराजा ज्ञानेन्द्र, यस्तो छ खतरनाक राजनीतिक मिशन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK