असुरक्षित यौन सम्बन्ध भन्दा कमसल खाद्यान्नका समस्या गम्भीर

ENGLISH

WORLD

असुरक्षित यौन सम्बन्ध भन्दा कमसल खाद्यान्नका समस्या गम्भीर

26 September, 2016 | arjun baral | 690 Views | comments

विश्वका ८० करोड मानिसलाई दैनिक छाक टार्न मुस्किल

%e0%a4%95%e0%a4%ae%e0%a4%b8%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8

कमसल खाद्यान्नका कारण देखिएका समस्या धुम्रपान, वायु प्रदुषण, सरसफाइको कमी तथा असुरक्षित यौन सम्बन्धका कारण देखिएका समस्या भन्दा पनि गम्भीर

स्वतन्त्र अनुसन्धानकर्ताले बताए अनुसार कमसल खाद्यान्न र अल्पपोषणका कारण विश्वका एक तीहाई मानिसको स्वास्थ्यमा खतार उत्पन्न भएको छ । । पेटभरी खान नपाएका कारण पाँच वर्षमुनिका विश्वका एकचौथाइ बालबालिकाको विकासमा प्रभाव परेको छ ।
कृषि तथा खाद्य विशेषज्ञ रहेको स्वतन्त्र प्यानलले विश्वमा कमसल खाद्यान्न तथा अल्पपोषणका कारण स्वास्थ्य खतरा बढाएको भन्दै चेतावनी दिएका छन् ।

यस्तै सन् २०३० सम्ममा विश्वका एक तीहाई मानिसमा मोटोपनको समस्या देखिन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् ।

कमसल खाद्यान्न तथा अल्पपोषणका कारण मुटु सम्बन्धी रोग, मधुमेह, हाइपरटेनसनसहितका रोगको जोखिम बढ्दै गएको छ । यस्ता रोगका कारण पछिल्लो समय विकासशील देशका मानिस बढी प्रभावित भएको ग्लोबल प्यानल अन एग्रिकल्चर एण्ड फुड सिस्टम फर न्युट्रेसनले अनुसन्धानबाट देखिएको छ ।
अहिलेको जस्तै अवस्था रहने हो भने अबको २० वर्षमा अवस्था झन गम्भीर बन्दै जाने प्यानलले बताएको छ । एचआइभी तथा मलेरिया विरुद्ध लड्नका लागि गरिएको जस्तै गरी विश्वव्यापी प्रयास गरिए मात्रै यो समस्याबाट बच्न सकिने उनीहरुले बताएका छन् । कमसल खाद्यान्न तथा कम पोषणका कारण बालबालिका तथा सुत्केरीमा कुपोषणको समस्या झन बिकराल बनेको छ ।

यस्तै उच्चरक्त चापका बिरामीको संख्या पनि बढेको छ । कमसल खाद्यान्नका कारण देखिएका समस्या धुम्रपान, वायु प्रदुषण, सरसफाइको कमी तथा असुरक्षित यौन सम्बन्धका कारण देखिएका समस्या भन्दा पनि गम्भीर रहेको प्यानलले जनाएको छ । अहिले विश्वका ८० करोड मानिसलाई दैनिक छाक टार्न मुस्किल छ ।


साउदीमा बिचल्लीमा परेका नेपालीलाई खाद्यान्न सहयोग


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK