अष्ट्रेलिया स्थित नेपाली दूतावासद्वारा प्रगति विवरण सार्वजनिक

ENGLISH

NRN GLOBAL

अष्ट्रेलिया स्थित नेपाली दूतावासद्वारा प्रगति विवरण सार्वजनिक

7 March, 2018 | Kabi Adhikari | 1965 Views | comments

क्यानबेरामा रहेको नेपाली दूतावासले राजदूत लक्की शेर्पा आएपछिका ६ महिनाको कार्यहरु सार्वजनिक गरेको छ । दुतावासद्वारा पठाइएको विज्ञप्तिमा गत जुलाईदेखि डिसेम्बरसम्म गरिएका विभिन्न कार्यहरुलाई समावेश गरिएको छ ।

nepali-embessy-austeliya

विज्ञप्तिमा ओहोदाको प्रमाणपत्र पेश गर्नेदेखि द्विदेशीय सचिवस्तरीय परामर्श निर्माण संयन्त्र गठनसम्मका कार्यहरुलाई दूतावासको प्रगति विवरणमा समेटिएको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि बिशपसँग भेटघाट गरि भिषा प्रक्रिया नेपालबाटै सुरु गर्न आग्रह गरिएको दूतावासले जनाएको छ ।

६ महिनामा दूतावासले एनआरएनको सम्मेलन उद्घा‌टन, यहाँका अवैतनिक वाणिज्यदूतहरुसँगको अन्तरक्रिया, राष्ट्रिय दिवस मनाइएको थियो ।

‘दूतावासले ६ महिनाको समयमा उल्लेख्य काम गरेको छ,’ राजदूत लक्की शेर्पाले कान्तिपुरसँग भनिन् । उनले यस पहिले दूतावासमा रहेको फोन नउठ्ने समस्यादेखि अन्य विविध समस्याहरुलाई समाधान गरेर दूतावासलाई जनतामुखी बनाएको बताइन् । उनले दूतावासको लागि जग्गा खरिद गरीएको समेत जानकारी दिइन् ।

दूतावास स्थापना भएको करिव १ दशकको समयावधिमा पहिलोपटक दूतावासद्वारा सार्वजनिक गरिएका कार्य विवरणलाई यहाँका स्थानीयवासीहरुले सकारात्मक रुपमा लिएका छन् ।

‘राजदूत र दूतावासले के गरिरहेका छन् भनेर हामी अष्ट्रेलियाका नेपालीले जान्न पाउनु पनि उपलब्धि नै मान्नुपर्छ,’ एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य गोकुल घिमिरेले भने ।
– कान्तिपुर दैनिकबाट ।

अष्ट्रेलियास्थित नेपाली दूतावासमा करिब ४ हजार पासपोर्ट अलपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK