अष्ट्रेलिया नेपालीको अनुसन्धान उत्कृष्ट

ENGLISH

NRN GLOBAL

अष्ट्रेलिया नेपालीको अनुसन्धान उत्कृष्ट

17 June, 2016 | Bipin Acharya | 1535 Views | comments

अष्ट्रेलियाको एक विश्वविद्यालयमा अध्ययनरत एक नेपालीले खनीज पदार्थले मानिसहरुमा पारिरहेको प्रदुषण र यसको नियन्त्रणका लागि तयार गरेको अनुसन्धान उत्कृष्ट बनेको छ ।

16062016050529DSC_0823-1000x0

अष्ट्रेलियाको दक्षिण राज्यमा रहेको युनिभर्सिटी अफ साउथ अष्ट्रेलियामा वातावरण बिज्ञान अध्ययन गरिरहेका दमकका रामकृष्ण निरौलाले करिब ३ बर्ष लगाएर उक्त अनुसन्धान गरेका थिए । उनले अनुसन्धानका क्रममा बिभिन्न विरुवा र गडौला र खरायो लगायतका जनावारहरुमा अनुसन्धान गरेका थिए । अनुसन्धानबाट खनीज पदार्थ निकालिएको वा फोहोर फ्याकिएको स्थानबाट उमि्रएका वनस्पति मार्फत उक्त प्रदुषण मानव शरिरमा नै पुन प्रवेश गर्ने उनको अनुसन्धानको निष्कर्ष छ ।

निरौलाले अनुसन्धानका क्रममा अष्ट्रेलियामा पाउने एक विशिष्ट वनस्पति ‘अकेसिया’ ले खनिज पदार्थ निकालिएको स्थान र फोहोर फ्याकिएको स्थानबाट निस्कने प्रदुषणलाई आफुसागै जमीनमुनि गाडेर राख्ने र वातावरण प्रदुषणलाई पुन मानिसको शरिरमा प्रवेश गर्न नदिने तथ्य समेत बाहिर ल्याएका छन । ‘यो लामो समयदेखि भइरहेको अनुसन्धान भएपनि यो तथ्यले खनिज निकालिने स्थान र फोहोर फ्याकिने स्थानमा उक्त वनस्पति लगाउन सकियो भने यसले वातावरण प्रदुषण हुन नदिनुका साथै उक्त प्रदुषण मानवचक्रमा प्रवेश गर्न पाउदैन् ।’ यसले भविष्यमा यस कारणबाट हुने प्रदुषण नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्ने उनको दाबी छ ।

साउथ अष्ट्रेलियामा एक कार्यक्रमको आयोजना गरि उनी लगायत बिभिन्न विधामा उत्कृष्ट अनुसन्धान गर्ने फि्ल्ण्डर्स युनिभर्सिटी, एडिलेड युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका थप २ गरि १० जनाको अनुसन्धानपत्र सार्वजनिक गरिएको थियो । करिब १ सय अनुसन्धानपत्रमध्येबाट यी अनुसन्धानहरु उत्कृष्टमा छानिएका हुन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK