अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

ENGLISH

NRN GLOBAL

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

25 November, 2017 | Sandeep Bhattarai | 2140 Views | comments

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्। उनीहरुको पहिलो कार्यक्रम यहीबाट सुरु हुने आयोजक नेपाली टचका राजके ग्वोस्वामी नेपालले जानकारी दिए ।

नेपाली टचका अनुसार नेपाल आइडल बुद्ध लामा, रनर अप निशान भट्टराइ र प्रताप दास अस्ट्रेलिया आइपुगेका हुन्। ग्वोस्वामीका अनुसार क्यानबेराको कर्यक्रमपछि नोभेम्बर २७ मा ब्रिसबेनमा अनि सिड्नीमा कार्यक्रम हुनेछ।

डिसेम्बर १ का साँझ सिड्नीस्थित ओलम्पिक पार्कमा हुने बहुप्रतिक्षित कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको आयोजककले जनाएको छ ।

हलिउड र बलिउडका भब्य कार्यक्रमहरु सम्पन्न भएका सिड्नी ओलम्पिक पार्क स्पोर्ट्स् सेन्टरमा यो आजसम्मकै पहिलो नेपाली कार्यक्रम हो। त्यसैले पनि यो एतिहासिक र सबै नेपालीहरुको लागि प्रतिष्ठाको बिषय बन्ने नेपाली टचका दिपेश पुनले बताए।

एभरेष्ट कम्युनिकेशनको मुख्य प्रयोजनमा हुने उक्त कार्यक्रममा द नेक्स्ट र नेपिण्डो समूहले नृत्य प्रस्तुत गर्नेछ।

सांगीतिक कार्यक्रममा आजसम्मकै ठूलो उपस्थिति हुने आँकलन नेपाली टचको विश्वास लिएको छ। आयोजकले बिल्कुलै नयाँ नयाँ शैलीमा प्रचारप्रसार पनि गर्दै आएको छ। जसअनुसार सिड्नीमा चल्ने ट्रेनका भित्तामा नेपाली झन्डा र नेपाल आइडलको पोस्टर टाँसेर प्रचार गरिरहेको छ।

सामाजिक मिडिया, पत्रपत्रिका बाहेकको नेपाली र नेपाली भाषी समुदायलाई लक्षित गरि प्रचार प्रसारको शैली आपनएको आयोजकले बताएको छ।

क्यानबेरा, ब्रिसबेन र सिड्नीको अलावा नेपाल आइडलको यो टिमले अष्ट्रेलियाका अन्य शहरहरु मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ र डार्बिनमा समेत डिसेम्बर २५ सम्म आफ्नो प्रस्तुतिहरु दिनेछन् ।

नागरिकबाट

बेलायत उत्रिए नेपाल आइडल विजेता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK