अष्ट्रेलियासँग सम्झौता प्रक्रिया सुरु : स्विट्जरल्यान्ड र कम्बोडियासँग पनि तयारी

ENGLISH

अष्ट्रेलियासँग सम्झौता प्रक्रिया सुरु : स्विट्जरल्यान्ड र कम्बोडियासँग पनि तयारी

17 January, 2017 | Bhawana Pathak | 1040 Views | comments

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ठूला जहाज खरिद गर्ने निश्चित भएसँगै प्रमुख अन्तर्राष्ट्रिय गन्तब्य मुलुकसँग सिधा उडानका लागि पूर्वतयारी सुरु भएको खबर कारोबारमा छ ।

नेपाली विद्यार्थीको आकर्षक गन्तव्य अष्ट्रेलियासम्म सिधा उडानका लागि हवाई सेवा सम्झौताको तयारी भइरहेको छ । बिगतमा अष्ट्रेलियाले नेपालबाट सिधा उडान हुनसक्ने अवस्थामा मात्र हवाई सम्झौता गर्ने शर्त राखेका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

निगमले २ सय ६० सिट क्षमताको एयरबस ३३०–२०० सिरिजको वाइड बडी जहाज खरिद गर्ने निश्चित भएको छ । निगमले आगामी बैशाखभित्रै पहिलो जहाज खरिद गरिसक्ने गरी प्रक्रिया अगाडि बढाएको छ । निगमले अष्ट्रेलिया, जापान तथा कोरिया उडानलाई प्राथमिकतामा राखेको छ ।

स्विट्जरल्यान्ड र कम्बोडियासँग पनि
मन्त्रालयले स्विट्जरल्यान्ड र कम्बोडियासँग पनि हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । कम्बोडियासँग सम्झौताको अन्तिम तयारीमा मन्त्रालय छ भने स्विट्जरल्यान्डसँग भने प्रारम्भिक प्रक्रिया मात्र सुरु भएको छ ।

जापानसँग भने पछि मात्रै पुनरावोलकन
जापानसँगको हवाई सम्झौता दुई दशकपछि पुनरावोलकनको प्रक्रिया अगाडि बढाए पनि तत्काल नहुने भएको छ । जापानले पहिले उडान सुरु गर्नुपर्ने सर्त अगाडि सारेका कारण नयाँ जहाज खरिदपछि मात्रै पुनरावलोकन गर्ने भएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK