अष्ट्रेलियामा स्टुडेण्ट अफ दि इयर अवार्ड नेपाली विद्यार्थी लाई

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा स्टुडेण्ट अफ दि इयर अवार्ड नेपाली विद्यार्थी लाई

2 July, 2016 | Bipin Acharya | 1890 Views | comments

अष्ट्रेलियाको न्यू साइथ वेल्स राज्यले हरेक वर्ष एक उत्कृष्ट अन्तराष्ट्रिय विद्यार्थीलाई प्रदान गर्ने ईन्टरनेशनल ‘स्टुडेण्ट अफ दि इयर’ अवार्डका लागि यस वर्ष यु.टि.एस. विश्वविद्यालयबाट ईतिहासमै पहिलोपटक एकजना नेपाली विद्यार्थी मनोनित भएका छन्।

aaa

यु.टि.एस. विश्वविद्यालयमा विद्यार्थीहरुलाई सकारात्मक गतिविधीहरुमा प्रेरित गर्न भूमिका निर्वाह गरेको र विविध सामुदायिक गतिविधीको नेतृत्व गर्दै अष्ट्रेलीयामा बहुसँस्कृतिवादको महत्व उजागर गर्न टेवा पुर्‍याएकाले नेपाली विद्यार्थी श्री विजय सापकोटा अवार्डका लागि मनोनित भएका हुन्।

यसअघि यु।टि।एस। विश्वविद्यालयमा अध्यनरत इन्जिनियरिंग संकायका विद्यार्थी प्रतिनिधी निर्वा्चित भैसकेका सापकोटा यु।टि।एस। नेप्लीज सोसाईटीका निर्वा्चित प्रेसिडेण्ट समेत हुन्। यु।टि।एस। इन्सर्चका सबैजसो युवा गतिविधीमा उनले प्रदान गरेको नेतृत्वलाई यु.टि.एस.ले अतुलनीय मान्दै आएको छ। मनोनयनमा विश्वविद्यालयले अन्य मुलुकका समुदाय समेतलाई समेटेर कार्यक्रमहरु समन्वय गर्ने उनको कार्यशैलीलाई बेजोड र प्रशंसनीय भनेको छ।

नेपालमा अघिल्लो बर्ष गएको विनाशकारी भुईँचालोको राहतका लागि समेत सापकोटाले हेल्प नेपाल अष्ट्रेलीया मार्फत युवा स्वयंसेवकहरुको नेतृत्व गर्दै कुल ४० हजार डलर सहयोग जुटाएका थिए।

सोही परिप्रेक्षमा भएको ‘ट्रेकिगं फर नेपाल’ कार्यक्रममा पनि सापकोटाले नेपाली र अष्ट्रेलीयन समुदायबीच समन्वयकारी भूमिका निर्वाह गरेका थिए। ज्योतिष शास्त्रमा समेत दख्खल राख्ने सापकोटा यु।टि।एस। विश्वविद्यालयमा सिभिल ईन्जिनियरिङ्ग संकायमा अध्यनरत छन्।

मनोनयनपश्चात् पत्रकारहरु सँग कुरा गर्दै सापकोटाले यु.टि.यस. विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, यु।टि।एस। नेप्लीज सोसाइटी र अष्ट्रेलीयाको नेपाली समुदायप्रति आफू आभारी रहेको बताए।

उनले आफ्नो मनोनयनले अष्ट्रेलियामा अध्यनरत सम्पूर्ण नेपाली विद्यार्थीलाई उर्जा मिल्ने व्यक्त गरे। सापकोटाले प्राप्त गरेको यो सफलता अष्ट्रेलीयामा अध्यनरत नेपाली विद्यार्थीका लागि निकै महत्वपूर्ण र दुर्लभ मानिन्छ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK