अष्ट्रेलियामा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

ENGLISH

SPORTS

अष्ट्रेलियामा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

24 September, 2016 | arjun baral | 1010 Views | comments

sandeep

अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको पहिलो खेल उत्कृष्ट रहेको छ । सन्दीपको पहिलो खेललाई समर्थन र हौसला दिनका लागि नेपाली झण्डासहित एनआरएनका पदाधिकारीहरूसहित दर्जनौं नेपालीहरू खेल मैदानमा पुगेका थिए ।

नेपाली युवा क्रिकेटर लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान क्लार्कको निमन्त्रणामा एक साताअघि अष्ट्रेलियाको सिड्नी पुगेका हुन् । केही दिनको अभ्यासपछि उनले सिड्नीको एलन बोडर ओभलमा मोसमन क्रिकेट क्लबविरुद्ध खेल खेलेका हुन् । माइकल क्लार्कको टीम वेष्र्टन सबर्बबाट खेल खेलेका उनले उत्कृष्ट बलिङ गरेका थिए । उनले ८ ओभर बलिङ गर्दै एक विकेट लिएर जम्मा १७ रन मात्र दिएका थिए । ५० ओभरको खेलमा पहिले ब्याटिङ गरेको मोसमन क्रिकेट क्लबले एक सय ४१ रन बनाएको थियो ।

क्रिकेटर लामिछानेको खेललाई हौसला र समर्थन गर्दै एकाबिहानै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, कोषाध्यक्ष डिला खरेल, पब्लिक रिलेसन अफिसर समीम अनवर लगायतका अन्य नेपाली खेलप्रेमीहरू खेल मैदानमा पुगेका थिए । उनको खेल हेर्नका लागि अष्ट्रेलियामा रहेर विभिन्न क्लबहरूमा क्रिकेट खेल्दै गरेका नेपाली खेलाडीहरू समेत पुगेका थिए । ‘सन्दीपको आजको खेल वास्तवमै उत्कृष्ट थियो,’ स्थानीय क्लब वारियर राईनोका खेलाडी प्रशान्त थापाले भने, ‘विश्वस्तरका खेलाडीहरूसँग खेल खेल्नु चुनौतीपूर्ण भए पनि सन्दीपले सहज रूपमा उत्कृष्ट खेल प्रदर्शन गरे ।’

यसैबीच, अष्ट्रेलियामा रहेको विभिन्न संघसंस्थाले लामिछानेलाई सम्मान गर्ने जनाएका छन् । एक नेपाली युवाले क्लार्कको एकेडेमीसम्म आएर खेल खेल्नु समग्र नेपाली र राष्ट्रकै इज्जत भएको र उनलाई थप हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले बताए ।


सन्दीपलाई क्लार्कको निम्तो 


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK