अष्ट्रेलियामा संगीत मोह

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा संगीत मोह

आत्मसन्तुष्टिका लागि लाखौं खर्च

11 February, 2018 | Kabiraj Adhikari | 4515 Views | comments

शनिबार एउटा गीत र म्युजिक भिडियो सार्वजनिक गरेका अष्ट्रेलियाका गायक ईश्वर पोखरेलले उक्त सृजनाका लागि मात्र करिब ३ लाख रुपैया खर्चे ।

अष्ट्रेलियामा संगीत मोह

करिब एक साताअघि ‘हिट हिट गीत’ को म्युजिक भिडियो सार्वजनिक गरेका अर्का गायक सञ्जीव पराजुलीले त करिब ४ लाख ५० हजार रुपैया खर्च गर्नुपऱ्यो ।

यस हप्तामात्र राजकुमार, सुजाता उपाध्याय र राज सिग्देल, र निशान्त भट्टराईको स्वरमा निरु त्रिपाठीले अष्ट्रेलियाबाट नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरे । हरेक सृजनाका लागि सर्जकहरुले सोही हाराहारीमा लगानी गरेको बताईन्छ ।

अष्ट्रेलियामा रहेर सांगितिक सृजनामा लागिपरेका गायकगायिकाहरु अहिले आत्मसन्तुष्टिका लागि मात्र बर्षेनी लाखौं खर्च गर्न तयार छन् । सरदर बर्षमा एक गायकले २ देखि ५ वटासम्म गीत सृजना गर्ने गर्दछन र त्यसका लागि सोही हाराहारीमा लगानी समेत गर्ने गरेका छन् । तर उनीहरुको लगानीको प्रतिफल भने शुन्य बराबर छ । लगानी नउठ्ने जान्दाजान्दै पनि उनीहरु बर्षेनी नयाँ नयाँ सृजना तयार गर्न लालायित छन् । आखिर किन त ? आत्मसन्तुष्टि, संगीतप्रतिको मोह र सांगितिक शौख ।

‘लगानीको प्रतिफलको कुरा गर्ने हो भने त शुन्य बराबर नै भनेपनि हुन्छ ।’ ‘नाई मलाई थाहा छैन’ गीतबाट एकाएक चर्चामा आएका गायक सञ्जीव पराजुली सुनाउँछन् । उनी लगानी नउठ्ने थाहा हुदाहुदै पनि संगीतलाई माया मार्न नसकिएकाले समेत सृजना बाहिर ल्याइएको दाबी गर्छन् । उनी आफुहरुको यो शौख र आत्मसन्तुष्टिको चाहले नेपालमा भने कलाकार, संगीतकार, कम्पोजर, स्टुडियो लगायत धेरैले रोजगारी पाएको भने गर्वका साथ सुनाउँछन् । संगीतप्रतिको अत्याधिक मोह र लगावलाई जिवित राख्नका लागि समेत आफ्नो सृजनालाई पैसामा तुलना गर्न नसकिएको उनको भनाई छ ।

आज शनिबार नै चर्चित कलाकार केकी अधिकारी र नाजिर हुसैनको अभिनय रहेको गीत ‘तिम्रो दिलको साम्राज्यमा’ बोलको गीत सार्वजकि गरेका पोखरेल अष्ट्रेलियामा रहेका गायकगायिकाहरुले नेपाली संगित क्षेत्रमा आर्थिक रुपमा ठुलो टेवा पुरयाएको दाबी गर्छन् । ‘अहिले विदेशमा रहेका हामीजस्ता कलाकारहरुले जुन टेवा र सहयोग पुरयाइरहेका छौं त्यो नै हाम्रो लगानीको उपलब्द्धि भन्ने लाग्छ ।’ पोखरेल सुनाउँछन् । अर्का गायक समीर आचार्य समेत संगीत सृजना आत्मसन्तुष्टिका लागि नै भएको दाबी सुनाउँछन् । उनी संगीतमा लागेको ब्यक्तिले संगीत छोड्न नसकेका कारण लगानीको वास्ता नगरिएको बताउँछन् ।

सबै नयाँ सृजनाहरु युट्युब मार्फत सार्वजनिक गरिने भएकाले गीत राम्रो चलेको खण्डमा केही मात्रामा रकम उनीहरुले पाउने गरेपनि त्यसले लगानी उठ्न नसक्ने उनीहरुको भनाई छ । गीत १ लाख बढीले हेरे भने केही मात्रामा रकम पाउने गरिएपनि त्यसले लगानी भएको रकम नउठ्ने संगीत सृजनामा लागिपरेकाहरु सुनाउँछन् ।

अष्ट्रेलियामा अहिले करिब २ दर्जन बढी गायकगायिकाहरु सक्रिय रुपमा लागिपरेका छन् भने संगीतकारमा किरण भण्डारी ब्यस्त छन् । त्यसबाहेक बर्षमा एउटा गीत निकालेर नेपाली संगीतमा लागिपरेकाहरुको संख्या भने उल्लेख्य छ । -कान्तिपुर (नारायण खड्का) बाट ।

अष्ट्रेलियामा सुमधुर सांगीतिक साँझ हुने

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK