अष्ट्रेलियामा र्‍यापर यम बुद्धको सम्झनामा सांगीतिक कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा र्‍यापर यम बुद्धको सम्झनामा सांगीतिक कार्यक्रम हुने

20 May, 2017 | Bipin Acharya | 855 Views | comments

र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को सम्झनामा अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

यम बुद्धको जन्मदिन पारेर मे ३० मा सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । नेपाल रिपोर्ट्सको आयोजनामा हुने कार्यक्रममा नेपालका पहिलो र्‍यापर गिरीश खतिवडा (गोर्खाली जी), नेपालका पहिलो बिट–बक्सर निशान्त गौचन, चर्चित युवा र्‍यापर युनिक पोएट, र्‍यापर साकार अधिकारी लगायतको मुख्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साथै, अष्ट्रेलियाको स्थानीय हिपहप ब्याण्डले यमबुद्धका चर्चित गीतहरुमा धुन प्रस्तुत गर्नेछ । मेलबर्नका चर्चित डिजे मिस्टा र सिड्नीका चर्चित डिजे सोमनले उल्ट अस्ट्रेलियन ब्यान्डलाई सघाउनेछन् ।

कार्यक्रममा र्‍याप ब्याटल, बि–बोइङ, स्ल्याम पोएट्री लगायत हिपहपका अन्य विधाका प्रस्तुति पनि राखिएको छ । कार्यक्रममा बाबा एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन एवं ग्लोबल कन्सल्ट र रेस्ट ग्रुपको सह-प्रायोजन हुनेछ ।

सांगीतिक कार्यक्रम भए पनि यसको मूल नारा ‘से नो टु सुसाइड, से यस टु लाइफ’ राखिएको छ । कार्यक्रम मार्फत प्रवासमा रहेका नेपाली युवाहरुमा जिन्दगीप्रति सकारात्मक सोच वृद्धि गराउने उद्देश्य राखिएको छ ।

यसका लागि मे १ देखि नै एक महिनासम्मका लागि सिड्नीका विभिन्न स्थानमा विभिन्न प्रेरक व्यक्तिहरुसँग २०/२५ जना युवाको अनौपचारिक कार्यशाला आयोजना गर्दै प्रत्यक्ष अन्तरक्रिया गर्ने क्रम जारी छ ।

कार्यशालाहरुमा नेपाल रिपोर्ट्सका कार्यक्रम निर्माता तथा लोकप्रिय कार्यक्रम ‘योङ एचिभर्स’ का सञ्चालक रन जेरेमीको संयोजकत्वमा विविध प्रतिभा प्रष्फुटन अभियान सञ्चालन हुँदै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK