अष्ट्रेलियामा मन्त्री तानातान

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा मन्त्री तानातान

21 December, 2016 | Bipin Acharya | 1280 Views | comments

सोमबार राति ब्रिसवनबाट सिड्नी आएका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई स्वागत गर्न एयरपोर्ट पुगेका एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देल लगायत छक्क परे जब मन्त्री एयरपोर्टमा भेटिएनन् । समयभन्दा अगावै एयरपोर्ट आइपुगेका मन्त्रीलाई त अरु कसैले खुसुक्क लिएर गइसकेछ ।

cc

मन्त्री आउने भनेर कांग्रेससँग नजिक रहेका दुईवटा संस्थाले सिड्नीमा एकै समयमा अलग अलग कार्यक्रमको आयोजना गरेका थिए तर मन्त्री साँझमात्र ब्रिसवनबाट आउने भनेपछि दुबै संस्थाले कार्यक्रम रद्द गरेका थिए । तर, मन्त्रीलाई कार्यक्रम आयोजना गरेको मध्येकै एक संस्थाका प्रतिनिधिले एनआरएन पदाधिकारीलाई थाहै नदिइ एयरर्पाेटबाटै लिएर गएपछि एनआरएनका प्रतिनिधिहरु छक्क परेका थिए । ‘शुरुमा त हामी मन्त्रीज्यु कहाँ जानुभयो भनेर चिन्तित नै भयौं तर उहाँहरुले लिएर जानुभएको थाहा भयो ।’ अष्ट्रेलिया एनआरएनका एक पदाधिकारीले कान्तिपुरसँग भने ।

एक साताको भ्रमणमा अष्ट्रेलिया आएका पर्यटन तथा नागरिक उडड्यनमन्त्री शाहीले प्राय: सबै कार्यक्रमहरुमा आफू कुनै दल विशेषको नेता नभएर सबै नेपालीहरुको प्रतिनिधिको रुपमा अष्ट्रेलिया आएको बारबार बताएका थिए । यस पहिले अष्ट्रेलिया भ्रमणमा आएका नेपालका मन्त्री तथा भूतपूर्व मन्त्रीहरुलाई यहाँका प्राय: नेपालीहरुले कुनै दल विशेषको नेताको रुपमा भन्दा समग्र नेपालीको प्रतिनिधिको रुपमा भ्रमण गर्न सुझाव दिँदै आएका छन् । सोही मनोभावना बुझेका मन्त्री शाहीले आफूलाई अलग बनाउन चाहेका थिए ।

मन्त्रीको स्वागतको तयारीमा गएका एनआरएनका प्रतिनिधिहरुले मन्त्रीलाई सिड्नीको अबनस्थित एक होटलमा भेट्न पुगे । एनआरएन प्रतिनिधिहरुले सबै व्यवस्था गरिसकेको अवस्थामा मन्त्रीले एयरपोर्टबाट अरु कसैसँग गएकोमा उनीहरुले गुनासो पनि पोखे तर मन्त्रीले आफूलाई यसबारेमा केही जानकारी नभएको भन्दै आफू कुनै विवादमा पर्न नचाहेको सुनाएका थिए । पछि एनआरएनका प्रतिनिधिहरुले उनलाई सिड्नीको मुख्य शहरमा रहेको होटलमा पुऱ्याइदिएका थिए ।

मेलबर्नमा शनिबार आयोजना गरिएको नेपाल महोत्सवमा सहभागी हुन उनी अष्ट्रेलिया आएका हुन् । उनले मंगलबार अष्ट्रेलियाको विपक्षी दल लेबरका नेता टोनी बर्कसँग भेटघाट गरेका थिए भने एनआरएनले मंगलबार साँझ आयोजना गरेको पर्यटनसम्बन्धी अन्तक्र्रियामा समेत सहभागिता जनाएका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK