अष्ट्रेलियामा प्रचण्डलाई कुनै खतरा छैन : अष्ट्रेलियाली राजदूत ह्वाइट

ENGLISH

POLITICS

अष्ट्रेलियामा प्रचण्डलाई कुनै खतरा छैन : अष्ट्रेलियाली राजदूत ह्वाइट

प्रचण्ड र अष्ट्रेलियाका राजदुतबीच भेटवार्ता

28 June, 2016 | Sandeep Bhattarai | 1525 Views | comments

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ ।

Dahal-Australian-Ambassador

दाहाल निवास लाजिम्पाटमा मंगलबार भएको भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनका बारे छलफल भएको थियो । शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न, मधेसी, थारु जनजातिलगायतको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको अध्यक्ष दाहालले बताउनुभएको थियो ।

भेटका क्रममा अष्ट्रेलियाली राजदूतले अष्ट्रेलिया भ्रमण स्थगन गर्नुभएको विषयमा चासो राख्दै सञ्चारमाध्यममा आए जस्तो स्थिति नभएको तथ्य अवगत गराउनुभएको थियो । उहाँले आफू नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र त्यस क्रममा कुनै समस्या रहेको नपाएको तथ्य राजदूत ह्वाइटले जानकारी गराउनुभएको थियो ।

आफू मुलुकको राजनीतिक अवस्था र पार्टी कामकै कारण तत्काल अष्ट्रेलिया भ्रमणमा जान नसकेको प्रस्ट पार्दै अध्यक्ष दाहालले उचित समयमा भ्रमण तय गरिने बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको राजनीतिक विकास प्रक्रिया सहज रुपमा अगाडि बढाउन आफू प्रयासरत रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले भूकम्पपछिको पुनःनिर्माणमा अष्ट्रेलिया सरकारले पुर्याइआएको सहयोगप्रति धन्यवाद पनि दिनुभएको थियो ।

यो पनि हेर्नुस – थापा भन्छन : फोहरी खेल नखेल्नुस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK