अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

ENGLISH

NRN GLOBAL

सुजन अधिकारी

अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

26 December, 2016 | Sandeep Bhattarai | 1605 Views | comments

सुजन अधिकारी

सिड्नीको दिक्षिण पश्चिममा रहेको रोयल नेसनल पार्कको वाटामोला बिचमा एकजना नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ ।

क्रिसमको दिन पौडी खेल्ने क्रममा हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका २९ वर्षीय सुजन अधिकारीको बिचमा डाइभ गर्दा डुवेर मृत्यु भएको हो । आइतबार क्रिसमसको दिन ५ जना साथीहरु वाटामोला बिचमा पिकनिक गएका थिए ।

नेपालमा किर्तिपुर नगरपालिका वडा नम्बर –१२ घर भएका अधिकारी उच्च शिक्षाका लागि लागि सन् २००९ मा अस्ट्रेलिया पुगेका थिए । उनले भिक्टोरीया युनिभर्सिटीबाट एकाउण्टिङ विषयको अध्ययन सकेका थिए ।

मृतक अधिकारीका नजिकका आफन्त सन्तोश अधिकारीका अनुसार अत्याधिक गर्मी भएकोले सबैजना पौडी खेल्न थालेका थिए । सोही क्रममा मृतक अधिकारीले बिचको किनारमा रहेको चटनमा चडेर डाइभ गर्दा उनी डुबेका थिए ।

स्थानियले उनको शरिर पानीबाट निकालेर प्रथमिक उपचार गरे । एम्बुलेन्सलाई खबर पनि गरियो । तर, घटना स्थलमै प्यारामेडिक्सले अधिकारीको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

मृतक अधिकारीका साथी अनुपराज न्यौपानेका अनुसार घटनाको बारेमा नेपालमा रहेका आफन्तलाई जानकारी गराई सकेको छ । नेपालका आफन्तको अनुरोधमा अन्तिम संस्कारको लागि शव नेपाल पठाउन तयारी भइरहेको छ । अधिकारकिो शव परिक्षणको लागि कोरनर्स कोर्ट न्यु साउथ वेल्स ग्लिवमा राखिएको छ ।

चाँडो भन्दा चाँडो शव नेपाल पठाउन पर्ने भएकोले फ्युनरल कम्पनीले लिने शुल्क तिर्नको लागि आवश्यक रकमको लागि सहयोग गर्न अस्ट्रेलियावासी नेपालीसँग आग्रह गरिएको न्यौपानेले बताए । सहयोग रकम निम्न खातामा जम्मा गरिदिन आग्रह गरिएको छ ।

एकाउण्ट होल्डरको नामः सन्तोष अधिकारी
बिएसबीः ०६२२३५
एकाउण्ट नम्बरः १०५७८२५७

अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK