अष्ट्रेलियामा नेपाल फेस्टिबल गरिने

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा नेपाल फेस्टिबल गरिने

13 July, 2016 | Sandeep Bhattarai | 2435 Views | comments

australiaअरुण गौतम,सिड्नी – नेपाली पर्यटन प्रबर्द्धन र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अष्ट्रेलियामा नेपाल फेस्टिबलको तयारी शुरु गरिएको छ ।

अष्ट्रेलियामा रहेका सबै संघसंस्थाहरुसँगको सहकार्यमा महोत्सव सम्पन्न गर्ने गरि सबै संघसंस्थाका प्रतिनिधीहरुसँग छलफल कार्यक्रम तय गरिएको थियो। छलफल कार्यक्रममा सहभागीहरुले नेपाल महोत्सव सम्पन्न गराउन सबैको सरसल्लाह र छलफल आवश्यक भएको औल्याएका थिए। आगामी नोभेम्बर २६ तारिखदेखि सिड्नीबाट नेपाल महोत्सव शुरु गरिने तय भएको छ। हरेक दुई बर्षमा हुँदै आएको नेपाल फेस्टिबल अष्ट्रेलियाका ६ वटा राज्यका शहरहरुमा अलग अलग समयमा हुने गरेको छ ।

एनआरएनए अष्ट्रेलियाले नेपालको पर्यटनलाई प्रबर्द्धन गर्न र नेपाली कला संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्यले २००६ देखि नेपाल फेस्टिबल आयोजना गर्दै आएको छ । सिड्नीमा नोभेम्बर २६ मा सुरु हुने नेपाल फेस्टिबल ब्रिसबनमा नोभेम्बरमै गरिने र मेलबर्नमा डिसेम्बर आयोजना गरिने तय गरिएको छ ।उक्त फेस्टिबल एडिलेड, पर्थ लगायतका शहरहरुमा समेत क्रमैसँग आयोजना हुनेछ ।

यस्ता फेस्टिबलको माध्यमबाट अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुलाई एकआपसमा आपसी भाइचारा बढाउन मद्दत पुर्रयाउने एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देलले कार्यक्रममा जानकारी गराउनुभयो।

यो पनि हेर्नुस – जापानमा दुई दिने नेपाल फेस्टिबल हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK