अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन

– नारायण खड्का, अष्ट्रेलिया

23 December, 2016 | Sandeep Bhattarai | 1105 Views | comments

अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन

अहिले सिड्नीको शहरहरुमा नेपालको पर्यटकीय क्षेत्र र नेपाल घुम्नका लागि आग्रहसहितका गाडीहरु देख्न पाइन्छ । ‘अर्को होलिडेको योजना नेपालको लागि बनाउनुहोस्’ भन्ने आग्रह सहितको अंग्रेजीमा लेखिएको उक्त सन्देश सहितका गाडीहरुले नेपालको पर्यटनलाई अष्ट्रेलियाका सडकहरुमा प्रबर्द्धन गरिरहेका छन् ।

अष्ट्रेलियामा बसोबास गरिरहेका केही युवाहरुले नेपालको पर्यटन प्रबर्द्धनमा शुरु गरिएको यो अभियानले सिड्नीमा मात्र नभएर अन्य शहरहरुमा समेत पर्यटन प्रबर्द्धन गर्न शुरु गरिसकेको छ । जय नेपाल फाउण्डेसन र नेप्लिज युथ फोरम अष्ट्रेलियाले शुरु गरेको यो अभियानलाई मेलबर्न, क्यानबेरा, ब्रिसबन, एडिलेड, पर्थलगायतका शहरहरुमासमेत बृद्धि गरिने  लागिपरेका यस कार्यमा लागेका युवाहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सिड्नीमा अहिलेसम्म १५ वटा कारमा उक्त सन्देशमुलक स्टिकर लगाइसकिएको छ भने मेलबर्नमा एक कारमा लगाइएको छ ।

‘अबको केही दिनमा नै मेलबर्नमा थप ७ वटा कार र क्यानबेरामा २ वटा कारमा स्टिकर टास्ने काम हुदैछ’ सापकोटाले भने, ‘यसले बाटोमा हिड्ने जोसुकैले पनि एक पटक नेपाल जानुपर्छ भन्ने सोच बनाउनुहुन्छ भन्ने हो ।’ ‘बुद्ध जन्मिएको देशमा यहाँलाई स्वागत छ’ र ‘प्लान योर नेक्‌ष्ट होलिडे इन नेपाल’सहितको नारासहित बुद्ध, सगरमाथा, कुमारी, एकसिंगे गैंडा, राफ्टिङ्ग गरिएको लगायतका फोटो राखेर बनाइएको ठुलो स्टिकरलाई कारको पछाडि टाँस्न मिल्ने बनाइएको छ । जम्मा १ सय ३० डलर लाग्ने उक्त स्टिकर यहाँको सडक बिभागको अनुमतिसहित पारदर्शी रुपमा बनाइएको छ । 

करिव १ महिनाअघि शुरु गरिएको यो अभियान अन्तर्गत सिड्नीमा गुड्ने सार्वजनिक सवारी साधानमा समेत नेपाल घुम्न आग्रह गरिएका यस्तै सन्देशहरु राखिने जानकारी सापकोटाले दिए । गाडी चारैतिर जाने भएकाले यो सन्देशमुलक पर्यटन प्रबर्द्धनको उपाय प्रभावकारी भएको उनीहरुले दाबी गरेका छन् । यसैगरि यो अभियान सफल भएमा अन्य मुख्य शहरमा रहेका सार्वजनिक सवारीका साधनमा समेत सन्देशहरु राखिनेछ । यस कार्यको लागि सहयोगार्थ कार्यक्रमको तयारी समेत भइरहेको उनीहरुले बताएका छन् । यसैगरि नेपालको पर्यटन प्रबर्द्धनका लागि यस्तै फरक किसिमका कार्यक्रमहरुको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

कान्तिपुर दैनिकबाट

नेपाल फेस्टिभल मेलबर्न सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK