अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

24 October, 2017 | Bipin Acharya | 1825 Views | comments

सिड्नीको अबनमा बस्दै आएका नेपाली बिद्यार्थी अञ्जन कुमार भट्टराईको मृत्यु भएको छ । आइतबार साँझ आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भएपनि चिकित्सकहरुले सोमबार बिहान मृत घोषित गरेका थिए ।

काठमाडौंको पेप्सीकोला घर भएर डेढ वर्षअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका उनको मृत्यु ब्रेन ह्यामरेजबाट भएको अनुमान गरिएपनि मृत्युको कारण भने खुल्न सकेको छैन । कोरोनरको कार्यलयबाट विस्तृत रिर्पाेट आएपछि मात्र उनको मृत्युको कारण प्रस्ट हुने बताइएको छ । कामबाट फर्किएका साथीहरुले उनलाई उनको कोठामा अचेत अवस्थामा फेला पारेपछि प्रहरी र एम्बुलेन्सलाई खबर गरेका थिए ।

सिड्नीको अबनमा साथीहरुसँग बस्दै आएका भट्टराई सेन्ट्रल क्युन्सल्याण्ड युनिभर्सिटीमा एकाउन्टिङमा मास्टर्स डिग्री अध्ययनरत थिए । सिड्नीका अवैनतिक महावाणिज्यदुत दीपक खड्काले उनको परिवारको आग्रहमा मृतकको शवलाई नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए । बिस्तृत रिर्पाेट आएपछि उनको शवलाई जतिसक्दो चाँडो नेपाल पठाईने बताए ।

यसैगरि अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले घटना दुखद भएको र सबै कानुनी प्रक्रिया पुरा हुने बित्तिकै परिवारको आग्रहमा उनको शवलाई नेपाल पठाइने जानकारी दिईन् । प्रवासी नेपालीहरुको संगठन एनआरएनका पदाधिकारीले पनि उनको शवलाई नेपाल पठाउन जतिसक्दो सहयोग पुर्‍याइने जानकारी दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK