अष्ट्रेलियाको पश्चिम मेलबर्नमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियाको पश्चिम मेलबर्नमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

8 August, 2017 | Bipin Acharya | 1185 Views | comments

अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा गत शनिबार करीब ढाइ सयको उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अस्ग्ट्रेलियाकी सांसद श्रीमती जोंने रायनको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो र अन्य अतिथिहरुमा भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, मेयर हेनरी बार्लो, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, काउन्सिलर इन्ताज खान, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष केशव कंडेल, न्याभ अध्यक्ष डा. अनुपम पोखरेल हुनुहुन्थ्यो ।

नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा नेपाली चेलीहरुको शृंगार र नाचगानबाट अतिथिहरु मन्त्रमुग्ध हुनुभएको थियो । प्रमुख अतिथि रायनले आफ्नो मन्तव्यमा नेपाली चाडपर्व र संस्कृति अत्यन्तै मन पर्ने भन्दै आफू सधै नेपाली समुदायको साथमा रहेको बताउनुभएको थियो भने मेयर हेनरी बार्लोले नेपाली समुदायलाई सहयोग गर्न आफू तत्पर रहेको र नेपालीहरुको समस्या सुन्न आफ्नो कार्यालयको ढोका सधै खुल्ला रहेको बताउनुभयो । त्यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कंडेलले पश्चिम मेलबर्नमा बस्ने नेपाली समुदायको एकता देखेर आफू निकै प्रभावित भएको बताउनुभएको थियो ।

रोशनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको उक्त रमाईलो तथा भव्य तीज कार्यक्रममा न्याभ बाल चौतारी पश्चिमका भाइबहिनीहरुले राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कमल प्याकुरेलले धन्यवाद मन्तव्यका साथमा पश्चिम मेलबर्नमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आफ्नो मौलिक संस्कृति र पहिचानको जगेर्नाको लागि एकताबद्ध हुन अपिल गर्नुभयो ।

कार्यक्रमको संचालन अनुष्का काफ्ले र एन्जेलिना प्याकुरेलले गरेका थिए ,भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन डा. युगेन्द्र रेग्मीले गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif