अष्ट्रेलियाको डार्विनमा मनाइयो तमु ल्होछार

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियाको डार्विनमा मनाइयो तमु ल्होछार

31 December, 2016 | Bipin Acharya | 1120 Views | comments

गुरुङ जातिको महान पर्व तमु ल्होछारका अबसरमा अष्ट्रेलियाको डार्विनमा भब्य कार्यक्रम सम्पन्न भएको छ । बाँदर बर्ष सकिएर चरा बर्ष सुरु भएको अबसरमा चरालाई शान्तिको प्रतिक मान्दै गुरुङ जातिको सवैभन्दा ठूलो पर्व ल्होछार मनाइएको छ ।

tamu-darwin-10

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी र तमु समाज डार्विनको संयुक्त आयोजनामा भएको यो कार्यक्रममा गुरुङ जातिमात्र नभई सवै जातिजातिका नेपालीहरुको उत्तिकै उपस्थीति थियो । गुरुङ समुदायसँग सम्बन्धित अधिकांश आफ्नै मौलिक पोशाकमा उपस्थित थिए ।

सो अबसरमा स्थानीय प्रतिभाहरुले बिबिध सांस्कृतिक प्रस्तुतीहरु दिएका थिए भने स्थानीय ब्याण्ड याक एट तनामीले पनि आफ्ना गीतहरु प्रस्तुत गरेको थियो ।

सांस्कृतिक कार्यक्रमभन्दा पहिले बिभिन्न खेलकुद कार्यक्रम भएका थिए । जसमध्ये घैंटो फुटाइ खेलमा महिलातर्फ दिपिका शर्मा बिजयी भइन भने र पुरुषतर्फ अशोक गुरुङ बिजयी भए । उत्कृष्ट भेषभुषातर्फ सभ्यता गुरुङ पुरस्कृत र तातो आलु खेलमा बिन्दु गुरुङ श्रेष्ठ बिजयी भए । सो अबसरमा बच्चा भएका र नभएका वीचमा रसी तान्ने खेल पनि भएको थियो ।

tamu-darwin-4

कार्यक्रममा एनआरएनए नर्दन टेरीटोरीका संयोजक एवं तमु समाज डार्विनका संस्थापक सदस्य निरज गुरुङले तमु ल्होछारका अबसरमा शुभकामना दिएका थिए ।

यस्तै नेपाली एसोसिएसन अफ नर्दन टेरीटोरीका अध्यक्ष सुदीप श्रेष्ठले शान्तिको प्रतिक चरा बर्ष सुरु हुन लागेकोमा गुरुङ समुदायलाई ल्होछारको शुभकामना ब्यक्त गर्नुभयो ।

tamu-darwin-3

अष्ट्रेलियामा आयोजना हुने प्रायः कार्यक्रम मदिरामय भइरहेका बेला डार्विनको तमु ल्होछारमा भने मदिरा निषेध गरिएको थियो । ननअल्कोहलिक यो कार्यक्रम निकै सम्भ र भब्य भएको तमु समाजका संस्थापक सदस्य निरज गुरुङले बताए ।

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी र तमु समाज डार्विनको संयुक्त आयोजनामा हरेक बर्ष तमु ल्होछार मनाउने गरिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK