अष्ट्रेलियन राजदूत बड : सोलार पम्प वितरण

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियन राजदूत बड : सोलार पम्प वितरण

7 April, 2018 | Kabi Adhikari | 2695 Views | comments

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले कृषि, पानी र शिक्षा क्षेत्रको विकासका लागि अष्ट्रेलिया सरकारले विगत पचास वर्षदेखि नेपाललाई सहयोग गर्दै आएको बताउनुभएको छ ।

solar-australis

सप्तकोशी नगरपालिका–४ बलार्दमा सोलर पम्पको मोबाइलबाट स्विच थिची आज उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रको विकास र साना लघु उद्योगको क्षमता वृद्धि गर्नमा अष्ट्रेलिया सरकारको सहयोग जारी रहने बताउनुभयो । राजदूत बडले आगामी दिनमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहयोग गर्ने पनि बताउनुभयो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आइसिआइएमओडी) र अष्ट्रेलिया सरकारको संयक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प वितरण गरिएको छ ।

सौय ऊर्जाबाट सञ्चालित उक्त पम्पको लागत रु तीन लाख ५० हजारमध्ये महिलालाई ७ं० र पुरुषलाई ६० प्रतिशत अनुदान दिने गरिएको छ । दैनिक आठदेखि १० घण्टा सञ्चालन गर्न सकिने उक्त पम्पबाट प्रतिसेकेण्ड एक दशमलब पाँच लिटर पानी आउने र सञ्चालन गर्न न्यून खर्च लाग्ने बताइएको छ ।

उक्त पम्पले तरकारी खेती, नगदेबाली, अन्नबालीलगायत अन्य बाली लगाउन किसानलाई उपयुक्त रहेको र व्यावसायिक खेतीका लागि पनि सहयोगी हुने विश्वास कृषकको छ । सो अवसरमा केन्द्रका निर्देशक वसन्त श्रेष्ठले कृषकलाई चाहेको बेला सिँचाइ सुविधा उपलब्ध हुने हुनाले आधनिक कृषि खेतीमा सहयोग पुगी जीवनस्तर उकास्ने बताउनुभयो ।

सिँचाइ विभागका उपनिर्देशक चन्द्र ओलीले मुलुकको सम्पूर्ण खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउन सरकारको लक्ष्य रहेको उल्लेख गर्दै भूमिगत पानीको अधिकतम प्रयोग भइरहेकाले यसबाट चुरेक्षेत्रको वातावरण संरक्षणमा पार्ने प्रभावप्रति ध्यानदिन सबैमा आग्रह गर्नुभयो ।

सप्तकोशी नगरपालिकाका अध्यक्ष अनन्त गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । सोहि अवसरमा राजदूत बड र एनएमबी बैंकका मुख्य अधिकृत सुनील केसी रु आठ लाख मूल्य बराबरको ११ किसिमका बेमौसमी तरकारीका बीउ १२३ जना किसानलाई वितरण गर्नुभयो ।

अष्ट्रेलिया सरकारद्वारा नेपालका लागि नयाँ राजदूत पिटर बड नियुक्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK