अष्टमी गुरुङ अात्महत्या प्रकरण : दूतावासले शुरु गर्यो दाेषीमाथि कारबाहीको पहल

ENGLISH

NRN GLOBAL

अष्टमी गुरुङ अात्महत्या प्रकरण : दूतावासले शुरु गर्यो दाेषीमाथि कारबाहीको पहल

30 November, 2017 | Sandeep Bhattarai | 4170 Views | comments

अष्टमी गुरुङ अात्महत्या प्रकरण

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा आत्महत्या गरेको भनिएकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको विषयमा नयाँ विवरण सार्वजनिक भएपछि नेपाली दूतावास युएईले दोषीमाथि कारबाहीका लागि पहल थालेको छ ।

बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो सार्वजनिक भएपछि नेपाली दूतावासले कारबाहीका लागि पहल सुरु गरेको हो ।दूतावासका द्वितीयसचिव कृष्ण अर्यालले भिडियो सार्वजनिक भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा कानुनी प्रक्रियाअगाडि बढाउन पहल सुरु भएको बताए ।

‘अष्टमीको भिडियोअनुसार उक्त कम्पनीमा कार्यरत आरोपी सुपरभाइजारहरूलाई युएईबाट बाहिर जान नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनको सहयोगमा कम्पनीमा खबर गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब छिट्टै सम्पूर्ण प्रमाण जुटाएर छानबिन र कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’

नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिनपछि नेपाल लगेर अन्तिम संस्कार गरिसकिएको छ ।

तर, उनले प्रयोग गर्ने मोवाइमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो नेपालबाट प्रसारण हुने एक टेलिभिजनले आफ्नो कार्यक्रममा प्रसारण गरेको थियो ।

यस्तो थियो भिडियोमा बयान
गुरुङ भाषामा अष्टमीले आफूलाई कम्पनीमा कार्यरत सुपरभाइजरले बलात्कार गरेको कुरा बताएकी छिन् ।

आफू बलत्कृत भएको, सबैकुरा गुमेको भन्दै बुवा आमासँग माफी मागेको भिडियोमा देख्न सकिन्छ । उनी विगत २० महिना पहिले काठमाडौंमा रहेको प्यारामाउन्ट म्यानपावर प्रालिबाट अबुधावीमा रहेको अरेबियन गल्फ क्लिनिङ कम्पनीमा वैदेशिक रोजगारीका लागि आएकी थिइन ।

कारबाहीका लागि चौतर्फी माग
भिडियो सार्वजनिक भएपछि युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाले गुरुङको परिवारले न्याय पाउनुपर्ने भन्दै आवाज उठाउन सुरु गरेका छन् ।

एनआरएन युएईको टोलीले पनि दूतावास पुगी दोषीलाई कारबाहीको पहल गर्न निवेदन दिएको थियो ।त्यस्तै, नेपाली जनप्रगतिशील मञ्च युएईको अबुधावी क्षेत्रले दूतावास पुगेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न ज्ञापनपत्र बुझाएको छ ।

नयाँ पत्रिकाबाट

विदेशमा मृत्यु हुने नेपालीको संख्या घट्यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK