अवैधरुपमा अमेरिका जान लागेका १६ नेपाली पक्राउ

ENGLISH

अवैधरुपमा अमेरिका जान लागेका १६ नेपाली पक्राउ

नेपाल फर्काउन नसकिएकाहरुलाई अहिले युएनएचसिआर र आइओएमको निगरानीमा

26 June, 2016 | arjun baral | 2690 Views | comments

Pakrau

फिलिपिन्सबाट अवैधरुपमा अष्ट्रेलिया र अमेरिका जान लागेका १६ जना नेपाली पक्राउ परेका छन् । मलेसियास्थित नेपाली दूतावासको सहयोगमा पक्राउ परेकामध्ये सातजनालाई नेपाल फर्काइएको छ ।

९ जना भने घर फर्किन नमानेपछि उद्धार गर्न नसकिएको दूतावासले जनाएको छ । उनीहरु फिलिपिन्सदेखि पुर्व प्रशान्तमहासागर क्षेत्रमा अवस्थित टापुहरुको राज्य फेडरेटेड् स्टेट्स् अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये सातजनालाई जुन २५ मा उद्धार नेपाल गरी पठाइएको छ ।

दूतावासका अनुसार विदेशी तथा नेपाली मानवतस्कर गिरोहले अमेरिका र अष्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा उक्त देशको समुद्रीक्षेत्रमा कागजातविहीन अवस्थामा छोडेका थिए ।

उनीहरुलाई माइक्रोनेसियाका अद्यागमन अधिकारीहरुले पक्राउ गरी घर फिर्ती केन्द्रहरुमा राखेका थिए । १६ जनामध्ये केहीले संयुक्त राष्ट्रसंघीय शरणार्थाी उच्चायोगसमक्ष शरणको लागि आवेदन गरेको बुझिएको छ ।

दूतावासको सहयोगमा घर फर्किनेमा वसन्तवहादुर दर्लामी पाल्पा, प्रविन लामा चितवन, सोमबहादुर लामाथिंङ मकवानपुर, सन्जीव राई इलाम, स्याम्युल तामाङ चितवन, अमितकुमार साह धनुषा र जयराम वाइवा, चितवन रहेका छन् ।

उनीहरुमध्ये नेपाल फर्काउन नसकिएकाहरुलाई अहिले युएनएचसिआर र आइओएमको निगरानीमा राखिएको नेपाली दूतावास मलेसियाले जनाएको छ । नेपाली दूतावास मलेसियाले फिलिपिन्सका लागि समेत काम गर्दै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK