अविरल वर्षापछि पोखरामा पहिरो : दुईको मृत्यु,सेती नदि थुनिएर ताल बन्यो (भिडियो सहित)

ENGLISH

अविरल वर्षापछि पोखरामा पहिरो : दुईको मृत्यु,सेती नदि थुनिएर ताल बन्यो (भिडियो सहित)

2 July, 2017 | Sandeep Bhattarai | 1300 Views | comments

पोखरामा पहिरो

कमजोर भूधरातल भएको विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखरामा शनिबार बेलुकादेखिको अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोले दुईजनाको ज्यान लिइको छ भने एकजनालाई खोलाले बगाएको भने कतै जमिन भास्सिएको र कतै चर्किएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १८ पस्याङपाखामा गए राति १२ बजे बर्षा संगै घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिएर गुल्मी घर भइ ठूली आमाको घरमा बस्दै आएका १४ बर्षीय टंक क्षेत्रीको मृत्यु भएको हो ।

अन्य सदस्य भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । सँगै पोखरा १९ अकलादेवीको मन्दिर नजिकै गएको पहिरोले पुरिदा ४० वर्षीया शोभा पोडेलको ज्यान गएको प्रहरीले बताएको छ ।

पोखरामा पहिरो

त्यस्तै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ स्थित लामाचौर बानियाथरमा जमिन भासिदा एक घर भत्किनुका साथै अर्को एक घर उच्च जोखिममा परेको छ । घर अगाडिको नाली थुनिएर निकास नपाउँदा लामाचौरबाट लांघारी जाने बाटोको बानियाथरमा जमिन भासिदा लक्ष्मी बानियाको एउटा कच्ची घर पूर्ण रुपमा भत्किएको छ ।

करीब ५ मिटर गहिराई बनाएर घर भासिएको छ । कच्ची घरमा मान्छे नबस्ने भएको मानविय क्षति हुनबाट भने बचेको बताइएको छ । भासिएको जमिन करीब ४० मिटरसम्म फैलिएको छ ।

सबै ठाउँमा एउटै गहिराई नभए पनि पानीको निकास ब्यबस्थापन नगरे स्थानिय राधेश्याम रञ्जित र नारायण बानियाको पक्की घर पनि जोखिममा पर्नसक्ने खतरा रहेको बताइएको छ ।

पोखरा १७ दोबिल्लामा रहेको दोबिल्ला पुल पनि बाढीको उच्च जोखिममा परेको छ । भरतपोखरी जोड्ने पुल राती करीब २ बजेति आएको पहिरोले बिजुलीको पोल भत्काउनुका साथै पुलसमेत जोमिमा पारेको दोबिल्ला बचाऊ समितिका कोषाध्यक्ष जगतबहादुर आलेले जानकारी दिए ।

त्यसै गरी पोखरा १७ छोरेपाटनमा पनि पानीले निकास नपाउदा होमनाथ चापागाईको घर भास्सिएको छ । पोखरा ७ र १५ जोड्ने मितेरी पुलदेखि तल १५ नम्बर वडा तर्फको भाग सेती नदी किनारमा चिरा परेको छ ।

त्यस्तै, याम्दी खोला बढ्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ सिमपानीमा लालीमान थापाको घरमा क्षति पुगेको छ । थापाको घरको तल्लो तलाको एउटा कोठामा बाढीको भल पस्दा त्यहाँ बस्दै आएका बिस्थापित भएका छन् भने घर अगाडि बनाएको कट्टेज पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

पोखरामा शनिबार साझँ देखी आइतबार बिहान सम्म १ सय ९१ मिलिमिटर पानी परेको छ ।पोखरा १२ माटेपानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो बर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटेपानी गुम्वा थप जोखिममा परेको छ ।

यसै गरी पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल बनेको छ । रामघाट थुनिएपछि नदी किनारमा बस्ने करीब ५० परिवार जोखिममा परेका छन् ।

पोखरामा पहिरो

पानी पर्न रोकिएकाले पानीको वहाव घट्न थाले पनि फेरि पानी पर्ने सम्भावना रहेकाले स्थानिय त्रसित बनेका छन् । सो क्षेत्रमा हरेक वर्ष रामघाट थुनिदा स्थानस्य समस्यामा पर्ने गरेका छन् ।

भिडियो-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK