अलैँचीले विदेशिएका युवालाई गाउँ फर्कायो

ENGLISH

BUSINESS

अलैँचीले विदेशिएका युवालाई गाउँ फर्कायो

15 September, 2017 | Sandeep Bhattarai | 1115 Views | comments

लमजुङ भुलभुले–९, लुदीका कमबहादुर तामाङले विदेश छोडेको चार वर्ष भयो । बाह्र वर्ष विदेशमा पसिना बगाएका तामाङले गाउँमा अलैँचीखेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको हो ।

तामाङले अलैँचीबाट विदेशको भन्दा तीन गुणा बढी आम्दानी गर्दै आउनुभएको छ । तामाङ भन्नुहुन्छ, “विदेशमा जसोतसो वार्षिक रु तीन÷चार लाख कमाउन सकिन्थ्यो, अहिले अलैँचीबाट मात्रै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ ।”

अलैँचीखेतीका लागि समय समयमा मात्रै काम गर्नुपर्ने भएकाले त्योभन्दाबाहेकको समयमा काम गरी आम्दानी गर्न सकेको उहाँ बताउनुहुन्छ । “पच्चीस रोपनी पाखो बारीमा अलैँची लगाएको छु, वर्षभरि काम गर्नुपर्दैन”, तामाङ भन्नुहुन्छ, “अलैँचीबाहेक सिकर्मी काम गर्छु, गाउँमा काम गर्दा फुर्सद नै छैन, विदेशको भन्दा राम्रो कमाइ गाउँमै हुन्छ ।”

लुदीकै मीनबहादुर तामाङ पनि छ वर्षको विदेश बसाइ टुङ्ग्याएर आफ्नै गाउँ फर्किनुभयो । पच्चीस रोपनी जग्गामा अलैँची लगाउनुभएका तामाङले शुरुमा रु पाँच हजारमात्र लगानी गर्नुभएको थियो । उहाँ अहिले लाखौँ रुपैयाँ आम्दानी गर्नुहुन्छ ।

“विदेशमा पैसाको बोट नै भए झैँ गरेर हामी विदेश जान्छौँ” तामाङ भन्नुहुन्छ, “मेहनत गर्न सक्यो भने पैसा आफ्नै गाउँमा फलाउन सकिँदो रहेछ ।”

धनी हुने सपना बोकेर वैदेशिक रोजगारमा जानुभएका सन्तबहादुर तामाङ विदेशमा मनग्य कमाइ नभएपछि स्वदेश फिर्ता हुनुभयो । स्वदेश फिर्तापछि बेँसीशहरमै व्यवसाय शुरु गर्नुभयो । तर व्यवसाय पनि सफल नभएपछि गाउँ फर्किएर अलैँचीखेती शुरु गर्नुभयो ।

उहाँले अहिले ३५ रोपनी क्षेत्रफलमा अलैँची लगाउनुभएको छ । “वार्षिक करिब रु १० लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो “खेती विस्तार गर्दै छु, आम्दानी पनि बढ्छ ।”

लुदीका टीकाराम तामाङको पनि छ वर्ष विदेशमै बित्यो । अलैँचीबाट मनग्य आम्दानी हुने भएपछि उहाँ गाउँ फर्कनुभएको छ । उहाँले भर्खरैमात्र अलैँचीखेती शुरु गर्नुभएको छ ।

पैसा कमाउने सपना बोकेर विदेशिएका लुदीका १३ जना युवा अहिले गाउँमै फर्किएका छन् । व्यक्तिगत र सामूहिकरुपमा शुरु गरिएको व्यावसायिक अलैँचीखेतीले विदेशिएका युवालाई गाउँमा फर्काएको हो । व्यावसायिकरुपमा शुरु भएको अलैँचीखेतीको अभियानले अहिले गाउँ फर्कनेहरु बढ्दै छन् । “पैसा कमाउन विदेश जानुपर्छ भन्ने छैन” लुदीका बोस तामाङ भन्नुहुन्छ, “अझै पनि गाउँ फर्कनेहरुको लहर छ ।”

विदेशिएका युवामात्र होइन गाउँबाट शहर झरेका पनि अहिले गाउँ फर्किन थालेका छन् । “गाउँले बसाइँ सरेर सात घरधुरी थियो, अहिले अलैँचीखेती शुरु हुन थालेपछि १९ घरधुरी भएको छ”, स्थानीय बोस तामाङले भन्नुभयो, “पाखो र बाँझो जग्गा अलैँचीखेतीले भरिन थालेका छन् ।”

विद्यार्थीको अभावमा झण्डै अर्को विद्यालयसँग मिलान हुन लागेको स्थानीय लालीगुराँस प्राथमिक विद्यालयलाई पनि अलैँचीखेतीको अभियानले रोकेको छ । अहिले लुदीगाउँमा मात्रै झण्डै ४०० रोपनी क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती गरिएको छ । अलैँचीखेतीबाटै लुदी गाउँमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उनीहरुको लक्ष्य छ ।

सदरमुकाम बेँसीशहरबाट दुई घण्टाको सवारीसाधन र तीन घण्टाको पैदलयात्रापछि मात्रै लुदी गाउँ पुग्न सकिन्छ । गाउँलाई जिल्ला कृषि विकास कार्यालयले अलैँचीका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । स्थानीयवासीले अलैँचीखेतीको प्रचारप्रसार र प्रवद्र्धन गर्न अलैँची महोत्सव गर्दै आएका छन् । जिल्लाको दुर्गम भाग भए पनि अहिले गाउँलाई सडक सञ्जालले छोएको छ । स्थानीयवासीले आफैँ पैसा उठाएर गाउँमै सडक सञ्जाल पु¥याएका हुन् । तर गाउँमा सवारीसाधन आवतजावत हुन सकेको छैन ।

अलैँचीखेतीको पर्याप्त सम्भावना रहको लमजुङमा २०६८ सालदेखि अलैँची महोत्सवको आयोजना गरिन थालिएको हो । लमजुङको बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँका किसानले अलैँचीखेतीबाट मनग्य आम्दानी लिइरहेका छन् ।

पछिल्लो समय जिल्लाका अलैँची कृषकले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

प्रस्तावित कार्यक्षेत्रमा एक नगरपालिका र चार गाउँपालिका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटिएको छ । अध्यक्ष तामाङका अनुसार प्रस्तावित कार्यक्षेत्रमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी, क्व्होला सोथार गाउँपालिका र बेँसीशहर नगरपालिकाको केही क्षेत्र रहेको छ ।

अलैँची जोन कार्यक्षेत्र घोषणाका लागि न्यूनतम ५०० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधानअनुसार ६२५ हेक्टर क्षेत्रफल प्रस्ताव गरिएको अध्यक्ष तामाङले बताउनुभयो । यसअघि जिल्लामा एउटा ब्लग र २० वटा पकेट क्षेत्र निर्धारण गरिएको थियो । ब्लगका लागि न्यूनतम ५०० रोपनी र पकेटक्षेत्रका लागि १०० रोपनी क्षेत्रफल निर्धारण गरिएको छ ।

करिब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलैँची गर्मी र जाडोमा हुने दुईथरिका हुन्छन् । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ । (सन्देश पौडेल) रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK