अर्जेन्टिना र चिली सेमिफाइनलमा : मेस्सीको किर्तिमान, भारगासको चार गोल (भिडियो सहित)

ENGLISH

SPORTS

अर्जेन्टिना र चिली सेमिफाइनलमा : मेस्सीको किर्तिमान, भारगासको चार गोल (भिडियो सहित)

19 June, 2016 | Sandeep Bhattarai | 695 Views | comments

कोपा अमेरिका अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना र चिली बिजयी भएका छन् । आज बिहान भएको पहिलो खेलमा भेनेजुएलालाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

ag1

खेल सुरु भएको ८ औं मिनेटमा हिग्वेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । एकपक्षिय रहेको खेलमा हिग्वेनले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको २८ औं मिनेटमा भेनेजुएलाली खेलाडीको डिफेन्सको फाइदा उठाउदै बललाई जाली चुमाउदै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्यो ।

दोस्रो हाफको ६० औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै खेललाई ३-०को अवस्थामा ल्याए । त्यो गोलसंगै मेस्सी अमेरिकाको डेम्प्सी र ब्राजिलको कौटिन्होलाई पछी पार्दै प्रतियोगितामा सर्बाधिक गोल गर्ने खेलाडी भए र, ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे । खेलको ७१ औं मिनेटमा लामेलाले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याए । भेनेजुएलाले एक गोल फर्काए पनि त्यो अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्याउन बाट रोक्न सकेन । अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले आयोजक राष्ट्र अमेरिकासंग खेल्नेछ ।

त्यस्तै आज भएको दोस्रो खेलमा मेक्सिकोलाई हराउदै चिली सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा मेक्सिकोमाथी ७–० गोलको फराकिलो जित निकाल्दै चिलीले अन्तिम चारमा स्थान बनाएको हो ।

लिभाइज स्टेडियममा भएको एकपक्षिय खेलमा नायक बनेका एडवार्डो भारगासले चार गोल गरे भने एडिसन पुचले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे । खेलको १६ औं मिनेटमा एडिसन पुचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा भारगासले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० ले पछि परेपछि दबाबमा देखिएको मेक्सिकोले दोस्रो हाफमा पनि विरसनालायक प्रदर्शन गर्यो । पहिलो हाफमा दुई गोल गरेको चिलीले दोस्रो हाफमा थप पाँच गोल गर्‍यो ।

vargas

दोस्रो हाफको ४९ औं मिनेटमा सान्चेजले चिलीका लागी तेस्रो गोल गर्दै टोलीलाई ३-० मको अग्रता दिलाए । त्यसपछि भारगासले ५२ र ५७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ७४ औं मिनेटमा भारगासले व्यक्तिगत चौथो तथा ८८ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो गोल गरेपछि चिलीले फराकिलो जित निकाल्यो ।

अर्जेन्टिना र भेनेजुएलाको खेल –

चिली र मेक्सिकोको खेल –

यो पनि हेर्नुस – युरो कपमा बेल्जियमको पहिलो जित (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK