अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

22 June, 2016 | Sandeep Bhattarai | 1270 Views | comments

आयोजक राष्ट्र अमेरिकालाई उसकै भूमिमा धुलो चटाउदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अमेरिका अर्जेन्टिना ४-० ले स्तब्ध हुन पुग्यो ।

argentina

एकपक्षिय रहेको खेलमा खेलको तेश्रौ मिनेटमा नै अर्जेन्टिनाले इजेक्वेल लाभेजीको गोलबाट अग्रता लिएको थियो । त्यस्तै खेलको ३२ औं मिनेटमा फ्री किकमा उत्कृष्ट गोल गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० को अग्रता लिएर आयोजक राष्ट्रलाई दबाबमा राखेको अर्जेन्टिनाले दोस्रो हाफमा समेत दुई गोल गर्न सफल भयो ।

दोस्रो हाफको ५०औं र ८६औं मिनेटमा हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याए । अब अर्जेन्टिनाले फाइनलमा कोलम्बिया र गत वर्षको विजेता चिलिको सेमिफाइनलको विजेतासंग भिड्नेछ। उक्त सेमिफाइनल खेल (बिहिबार) भोली हुनेछ। सन् १९९३ देखि ठूलो उपाधि चुम्न नसकेको अर्जेन्टिना अब कोपा अमेरिकाको उपाधि जित्ने दाउमा रहेको छ ।

मेस्सीको किर्तिमान
कोपा अमेरिका अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा ३६ औँ मिनेटमा पाएको फ्रिकिकमा गरेको गोलसँगै मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा पुगेका छन् ।

m

यस अघि गाब्रिएल बाटिस्टुटाले सन् १९९१ देखि सन् २००१ सम्म अर्जेन्टिनाका लागि ७८ वटा खेल खेल्दै ५४ गोल गरी सर्वाधिक गोलकर्ताको सूचीमा थिए ।

भिडियो-

यो पनि हेर्नुस – युरो कप : वेल्स र इंग्ल्यान्ड प्रि क्वाटरफाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK