अर्कैको हातमा पर्यो निश्चलको चलचित्र ‘ दिमाख खराब ‘

ENGLISH

ENTERTAINMENT

अर्कैको हातमा पर्यो निश्चलको चलचित्र ‘ दिमाख खराब ‘

20 January, 2017 | Bhawana Pathak | 725 Views | comments

युवा निर्देशक निश्चल बस्नेतले दोश्रो फिल्म ‘टलकजंग भर्सेज टुल्के’ पश्चात ‘दिमाग खराब’ शिर्षकमा फिल्म बनाउने चर्चा चल्यो । धेरै मिडियामा समाचार पनि आए । गत बर्ष ठ्याक्कै अहिलेको समय (माघ फागुन) मा नै निश्चलले उक्त प्रोजेक्ट सुरु गर्न लागेको समाचार आएको थियो ।

nischal

यो बिषयमा निश्चलले रोमान्टिक कमेडी जनरामा दुई भिन्न चरित्रको कथासँगै नयाँपनमा ‘दिमाग खराब ‘बनाउन लागेको मिडियामा बोलेका थिए । तर उनि एक्कासी उक्त प्रोजेक्ट छाडेर ‘लुट २’ तिर लागे । अब भने औपचारिक रुपै निश्चलको हातबाट उक्त नाम फुत्केको छ । चलचित्र विकास वोर्डमा कालिन्चोक डिजिटल नेपाल प्रा.लि. को लागी आगद केसीले फिल्मको टाईटल दर्ता गराएका छन् ।

पछिल्लो मिति गत मंसिर २९ गते उनले विकास वोर्डबाट ‘दिमाग खराब’ नाममा निर्माण इजाजतपत्र बुझेका छन् । बर्ष २०७३/०७४ को लागी ७४ नम्बरमा यो टाइटल दर्ता भइसकेको छ । ठुलो मिडियाबाजी सहित फ्लोरमा समेत जाने तयारी गरेको बोलेका निश्चलले विकास वोर्डमा नाम दर्ता नगरी मिडियामा आउनुलाई आश्चर्यको रुपमा लिईएको छ ।

यो फिल्मलाई अब निर्देशक जनकदिप पराजुलीले गर्नेछन् । काठमाडौं, पोखरा, रामेछाप लगायतका ठाउँमा छायाँकन गर्ने भनिएको प्रोजेक्टको दर्ता गर्दा दयाहाङ राइ, दिपिका प्रसाईं र श्याम राइलाई लिड अभिनयमा रहने बताइएको छ । यद्धपी यी सबै कलाकार रहने नरहने तय भइसकेको छैन् । उता निश्चलले यो नाममा फिल्म बनाउने समाचार बन्दै गर्दा पनि दयाहाङ नै लिड अभिनयमा रहने फाइनल भएको कुरा बाहिर आएको थियो ।

यो प्रोजेक्ट कलाकार फाइनल भएसँगै आगामी बैशाखबाट फ्लोरमा जाने बताइएको छ । केहि दिनमा नै सबै कलाकारको टुंगो लाग्ने निर्माण टिमका एक सदस्यले बताए । दिनेश खड्का यो फिल्मका निर्माता हुनेछन् ।

त्यसो त पछिल्लो समय चलचित्र विकास वोर्डमा एउटा नाम लिएर जाँदा अर्कैको नाममा दर्ता भइसकेको पाइने उदाहरण धेरै छन् । यसअघि दिपकराज गिरीले ‘लप्पन छप्पन’ बनाउने भनेर दर्ता नगरी समाचार बाहिर ल्याउँदा पछि उक्त नाम उनको हातबाट फुत्केको थियो । निश्चल बस्नेतको हकमा पनि यहि कुराको निरन्तरता मानिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK