अरोरा, कोलोराडोका नेपाली महिलाहरूले तीज यसरी मनाए (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

अरोरा, कोलोराडोका नेपाली महिलाहरूले तीज यसरी मनाए (भिडियो सहित)

16 September, 2015 | Sandeep Bhattarai | 530 Views | comments

कोलोराडो – नेपाली महिलाहरूको नजिकिदै गरेको नेपाली महिलाहरूले परा पुर्वकाल देखि मनाउदै आईरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर यही सेप्टेम्बर १२ शनिवारको दिन अरोरा नेपाली समाजको आयोजनामा याक एन्ड यती रेस्टुरेन्टमा भव्य पारिवारिक तीज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात औपचारिक रूपमा गरिए पनि डिनर कार्यक्रमबाट अनौपचारिक रूपमा अघि बढाईएको थियो ।

col

उक्त कार्यक्रममा मिस नेपाल २०१३ इशानी श्रेष्ठले नेपाली दिदी बहिनीहरूलाई शुभ-कामना व्यक्त गरेकी थीइन । साँझ छ बजे सुरु भएको उक्त कार्यक्रममा जोडीको नृत्यको प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा राम तथा गीता घिमिरेको जोडी प्रथम, चन्द्र तथा संगिता खत्री दोस्रो र श्याम तथा सन्जिता नेपाल तृतिय भएका थिए । पुरस्कार स्वरूप याक एन्ड यती रेस्टुरेन्टको तर्फबाट फ्री डिनर अथवा लन्चको कुपन दिइएको थियो । कार्यक्रममा सात वटा डोर पुरस्कारको पनि ब्यबस्था गरिएको थियो ।

अहिले नेपाली चाड पर्वहरुको रौनकता देशमा भन्दा परदेशमा बसोबास गर्ने नेपाली समुदायमा प्रचुरमात्रमा प्रचार प्रसारका साथ मनाउने कार्य भैरहेको छ । अहिले तीजको कार्यक्रम विभिन्न नेपालीहरूको संस्थाद्वारा आयोजित हुनुको साथ साथै व्यक्तिगत रूपमा आ-आफ्ना नजिकका सँगी साथी बोलाई नाच गान गरी मनाउने चलन बढ्दै गइरहेको छ ।

गीत तथा तिजका गीतमा रमेका महिलाहरूको झम झम हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो । यतिको रातेम्बै अरोरा यस अघि नदेखेको प्रतिक्रिया धेरैबाट पाइएको थियो । निकै व्यवस्थित हल, तिजौलो सृंगारमा रमेको बेलुका ११ बजे सम्म चलेको थियो । कार्यक्रममा महिला दिदी बहिनी तथा उपस्थित सबैका लागि अरोरा नेपाली समाजले हिन्दु संस्कृति झैँ माइती आएकी चेलीलाई झैँ सहुलियत दरमा दर खाने व्यवस्था समेत गरेको थियो । कार्यक्रममा करिब २०० नारी तथा पुरुषहरूको उपस्थिति रहेको जानकारी गराउदै, यस उपस्थितिले आयोजकलाई सन्तुस्टी मिलेको कार्यक्रम संम्योजक मध्येका राजेन्द्र सिक्देलले बिआरटी नेपाललाई जानकारी गराउनु भयो ।

राधा कृष्ण खडका, राजेन्द्र सिग्देल तथा शैलेश पोखरेलको संम्योजनमा उक्त कार्यक्रममा गरिएको थियो भने डिजे पवन विश्वाकर्माले गरेका थिए । कार्यक्रमको सन्चालन गङ्गा चौलागाईं तथा कुमार कार्कीले गर्नु भएको थियो । अरोरा नेपाली समाजकै आयोजनामा आगामी अक्टुबर १७ तारिखमा दसैँको पनि कार्यक्रम गरिने जानकारी दिइएको थियो ।

भिडियो
</p>

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK